६ बैशाख २०८१, बिहिबार | April 18, 2024

अमेरिकाद्वारा इरानका कैयौं वेवसाइट र समाचार च्यानल बन्द



अमेरिकाले इरानका कैयौं वेवसाइट र टेलिभिजन च्यानल बन्द गर्दिएको छ ।

नवनिर्वाचित इरानी राष्ट्रपति इब्राहिम रइसीको सपथ ग्रहण अघि अमेरिकाले इरानी सरकार र समाचार संस्थाहरुका वेवसाइट र टेलिभिजन च्यानलहरु बन्द गरेको हो ।

मंगलबारदेखि नै कैयौं वेवसाइटहरु बन्द गरिएका छन् । इरानी सरकारको अंग्रेजी भाषाको प्रेस टेलिभिजन र वेवसाइट प्रेस टिभी डट कम बन्द गरिएको छ । प्रेसटिभी डट कम नेपालमा समेत खुल्न सकेको छैन । यसैगरी हुति आन्दोलन समर्थित अल मसिराह टिभी पनि बन्द गरिएको छ ।

अमेरिकाको वाणिज्य विभाग र एफबीआईले ३० वटा इरानी वेवसाइट र समाचार संस्थाहरुमाथि कारवाही गरेको हो । यद्यपी कतिपय वेवसाइट बन्द गरिएको केही घण्टाभित्रै नयाँ डोमेनका साथ संचालनमा आएका छन् ।

इरानमा कट्टरपन्थी इब्राहिम रईसी राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकाले पहिलो कारवाही गरेको हो । रईसीले आगामी महिना सपथ लिँदैछन् ।

अमेरिकाले इरानको परमाणु कार्यक्रम अघि बढ्न नदिन इरानमाथि लामो समयदेखि प्रतिबन्ध लगाउँदै आएको छ । तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको ६ मुलुक सम्मिलित परमाणु सम्झौताबाट पछि हट्दै इरानमाथि कडा प्रतिबन्ध लगाएका थिए । त्यसपछि अमेरिकासँग झन सम्बन्ध बिग्रेको छ ।

 

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १० : ०६ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी