२६ जेष्ठ २०८३, मंगलबार | June 10, 2026

संवैधानिक इजलासमा प्रकाश पौडेलको गीत- ‘आमा मलाई त्यही केटी चाहिन्छ’



काठमाडौं । संसद विघटन विरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा अधिवक्ता गोविन्द बन्दीले लोक गायक प्रकाश पौडेललाई स्मरण गरेका छन् । गायक पौडेलले केहिवर्ष अगाडि गाएका ‘आमा मलाई त्यही केटी चाहिन्छ’ भन्ने गीत युवा जगतमा निकै चर्चित भएको थियो । आज अदालतमा अधिवक्ता बन्दीले त्यही गीतको पङ्ती स्मरण गर्दै बहस टुङ्गाएका थिए । उनले गायक पौडेलको गीतमा भनिएको ‘आमा मलाई त्यही केटी चाहिन्छ’ भन्ने वाक्य र राष्ट्रपतिले जसरी पनि केपी शर्मा ओली नै प्रधानमन्त्री हुनुपर्छ भन्ने मानसिकता एउटै भएको जिकीर गर्दै बहस सकेका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ सांसदले हालेको रिटमा संवैधानिक इजलासमा सुरु भएको बहसमा भाग लिँदै बन्दीले मुख्यतया ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी परिसकेपछि त्यसलाई अस्वीकार गर्ने अधिकार राष्ट्रपतिलाई हुने की नहुने ? विश्वास गुमाइसकेको व्यक्तिले फेरि प्रधानमन्त्रीमा दाबी गर्न मिल्छ की मिल्दैन ?, ७६(५) मा राजनीतिक दलको ह्वीप लाग्छ कि लाग्दैन ? तथा ७६(५) मा सरकार बनाउँदा भोलीका दिनमा के हुन्छ भनेर राष्ट्रपतिले पहिले नै आकलन गर्न मिल्ने हो वा होईन ? भन्ने प्रश्न उठाएका छन् ।

बन्दीले प्रधानमन्त्री ओलीलाई नियुक्त गर्दा राष्ट्रपति संविधानभन्दा बाहिर गएको र राजनीतिमा प्रवेश गरेको आरोप समेत लगाए । ‘संविधानको धारा ७६(५) मा राजनीतिक दलसम्बन्धी ऐन लाग्छ भनेर कुन कानुनमा लेखेको छ ?’ उनले प्रश्न गरे, ‘एमाले केन्द्रीय समितिमा माधवकुमार नेपाल र झलनाथ खनालको बहुमत पुग्दैन भन्ने राष्ट्रपति को ?’

जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर र राजेन्द्र महतोको पत्र कार्यालय समय पछाडि दर्ता भएको र मध्यरातमा संसद भंग गरिएको बताउँदै उनले राष्ट्रपतिको नियत खराब देखिएको बताए ।

 

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  २ : १२ बजे

वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर

पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी

पोखरा । पर्यटनको राजधानी पोखरा महानगरपालिका, धार्मिक तथा सांस्कृतिक महत्त्व

नि:शुल्क शल्यक्रिया गरेर हनुमान महोत्सव

नेपालगन्ज । जेठ महिनाको अन्तिम मंगलवार अर्थात हनुमान महोत्सवको अवसरमा

पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ

काठमाडौं । प्रहरीले आज पशुपतिनाथ मन्दिर क्षेत्रमा सुनको सिक्री लुटपाट

कर हेरफेर र ईभी गाडी आयातमा अनियमितता नभएको अर्थ मन्त्रालयको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले आर्थिक विधेयक संशोधन