१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

पुरानो लयमा फर्कने प्रयासमा बाँके र रुपन्देही, कोरोना अस्पतालहरु खाली हुँदै



नेपालगन्ज । कुनैबेला लुम्बिनी प्रदेशकै कोरोनाको हटस्पट बन्न प्रतिस्पर्धा गरिरहेका बाँके र रुपन्देही बिस्तारै आफ्नो पुरानो लयमा फर्कने प्रयास गरिरहेका छन् । बाँकेका बिगत ३ दिन देखि जिल्ला भित्रका कसैको पनि मृत्यु भएको छैन भने रुपन्देहीमा पनि मृत्युको संख्या १ वा २ मा सिमित भएको छ ।

रुपन्देहीमा पछिल्लो २४ घण्टामा १९ जना नयाँ संक्रमित थपिँदा १ जनाको मृत्यु भएको छ भने बाँकेमा ८ जना संक्रमित थपिँदा मृत्युको संख्या शुन्य रहेको छ । रुपन्देहीमा सक्रिय संक्रमितको संख्या २६८ मा झरेको छ भने बाँकेमा ७४ जना मात्र सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा बाँकेमा ९ जनाको डिस्चार्ज भएको छ भने रुपन्देहीमा ५७ जना डिस्चार्ज भएका छन् ।

बाँकेका अस्पतालहरुमा संक्रमितहरुका लागि छुट्याईएका बेडहरु मध्य ८८ प्रतिशत बेडहरु खाली भै सकेका छन् भने रुपन्देहीमा ३८२ बेड संक्रमितहरुका लागि छुट्याईएकोमा आज सम्ममा ७३ जनाको मात्र उपचार चलिरहेको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकलपर्शन केदार साहले बताए ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ६ : १८ बजे

शनिबार बिहान नेपालगन्जमा सद्भाव र्याली गरिने

नेपालगन्ज । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताको कामना सहित नेपालगन्जमा

नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ र १४ औँ वार्षिक साधारणसभा भोलि बुटवलमा हुँदै

बुटवल । ‘व्यावसायिक एकता, व्यवसायमा पारदर्शिता : महासंघको प्रतिबद्धता’ भन्ने

नेकपाको केन्द्रीय संयोजन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बस्ने

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली