२३ भदौ २०८३, मंगलबार | September 8, 2026

नेपाललाई कोरोनाविरुद्धको खोपः प्रतिबद्धता जनाए, सुनिश्चितता गरेनन



काठमाडौं । कोरोना संक्रमण रोकथामविरुद्धखोप उत्पादन गर्दै आएका उत्पादक राष्ट्रहरूले नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि अहिलेसम्म दिलाउन सकेका छैनन् ।

बेलायत, रुस, अमेरिका, डेनमार्कलगायत राष्ट्रले (कोभ्याक्स फ्यासिलिटी,खरिद प्रक्रिया र अनुदानमार्फत) खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि नेपालले पाउन सकेको छैन ।

खोप उत्पादक राष्ट्रहरूले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि सुनिश्चितता गर्न नसक्दा नेपालले कहिलेसम्म पाउने निश्चित छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पुस मसान्तसम्म आमनागरिकलाई खोप लगाइसक्ने प्रतिबद्धता जनाएका छन् । तर, सो प्रतिबद्धता कार्यान्वयनमा सकस देखिएको छ । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खोपमा‘ब्रेक थ्रु’ हुने बताएका थिए । उनी आफंै मन्त्रीबाट हटिसकेका छन् ।

ज्ञवाली हटेपछि परराष्ट्रमन्त्री नियुक्ति भएका रघुवीर महासेठले एक सार्वजनिक कार्यक्रममा अमेरिकाको जोन्सन एन्ड जोन्सनसँग ५० लाख डोज खोप किन्न कुराकानी भइरहेको बताएका थिए । तर, सो खोप आउने÷नआउने अन्योल छ ।

यस्तै,तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले पनि केही दिनमा खोपसम्बन्धी सुखद् समाचार आउने राजधानीलाई बताएका थिए ।

मन्त्रीबाट पदमुक्त भएपछि बुधबार उपलब्धि सार्वजनिक गर्दै निवर्तमान स्वास्थ्यमन्त्री तामाङले केही दिनमा नै खोप आउने सुनिश्चित भएको बताएका थिए । तर, खोप कहिले आउने कति मात्रामा आउने केही खुलाएका थिएनन् ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ४ अर्ब ८९ करोड रुपैयाँभित्र रहेर चीनबाट भेरोसिल खोप ल्याउने तयारी छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘४ अर्ब ८९ करोड रुपैयाँभित्र रहेर चीनबाट भेरोसिल खोप निकट भविष्यमा आउनेछ । सबै प्रक्रिया अघि बढेको छ ।’ चीनले नेपाललाई ४० लाख मात्रा भेरोसिल खोप चरणबद्ध रूपमा उपलब्ध गराउने बाचा दिएको छ ।

कोरोना संक्रमणको अचुक उपाय मानिएको खोप कहिले नेपाल भित्रिने ? अन्योलता छाउँदा खोप लगाउनबाट सर्वसाधारण वञ्चित हुनुपरेको छ ।

१३ लाख ५० हजार नागरिकले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएपनि १५ जेठभित्रै दोस्रो मात्रा लगाउनुपर्ने थियो । भारत सरकारले नेपालले खरिद गरेको १० लाख मात्रा उपलब्ध नगराउँदा ज्येष्ठ नागरिक दोस्रो मात्रा खोप लगाउनबाट वञ्चित हुनुपरेको हो । खोप विज्ञ डा.श्यामराज उप्रेतीले खोप जहिले आएपनि पहिलोमात्रा लगाएकालाई दोस्रोमात्राका रूपमा गणना हुने बताए ।

सरकारले क्रमिक रूपमा निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ । तर, अधिकांश नागरिकले खोप लगाउन नपाएकाले निषेधाज्ञा खुकुलो हुँदा थप जोखिम बढ्ने जनस्वास्थ्य विज्ञको आँकलन छ ।

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन संक्रमणबाट बच्ने उपाय कोरोनाविरुद्धको खोप र जनस्वास्थ्यका मापदण्ड पूर्णतः कार्यान्वयन रहेको बताउँछन् ।

हालसम्म नेपालमा ४२ लाख ४८ हजार कोरोनाविरुद्धको खोप भित्रिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अनुमानित २६ लाख नागरिकले पहिलो मात्रा लगाएका छन् ।

सरकारले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ नागरिकलाई खोप लगाउने योजना बनाएको छ । अझै अनुमानित १ करोड ९० लाख नागरिकले खोप लगाउनै पाएका छैनन् । आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ६ : ३४ बजे

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा

जेनजी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

काठमाडौं । एक वर्षअघि काठमाडौंका सडकमा देखिएको त्यो दृश्य नेपालको

एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै

काठमाडौं । मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह