२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

कोरोनाको कहर : घरमा बस्दा पालना गर्नुस् WHO का यी महत्वपूर्ण पाँच सुझाव (भिडियोसहित)



एजेन्सी । कोरोना भाइरसको संक्रमण यो समाचार तयार पार्दासम्म १९९ देशमा पुगिसकेको छ । लाखौँ मानिस कोरोना भाइरसको संक्रमणमा परेका छन् । हजारौँले ज्यान गुमाइसकेका छन् ।

संसारका विभिन्न देशमा अहिले लकडाउन चलिरहेको छ । घरमा कसरी बस्ने ? यो प्रश्न आम नागरिकमा आउनु स्वभाविक हो । घरमा बस्दा पालना गर्नुपर्ने महत्वपूर्ण कुराहरु विश्व स्वास्थ्य संगठनका प्रमुख अधानोम टेड्रोसले सार्वजनिक गरेका छन् ।

पालना गर्नुपर्ने यी पाँच सुझाव

१. स्वस्थ र पौष्टिक आहार खानुहोस्। जसले तपाईँको रोग प्रतिरक्षा प्रणालीलाई ठिकसंग कार्यगर्न मद्दत गर्दछ ।

२. मदिराजन्य पदार्थको सेवनलाई सीमितमा राख्नुहोस् । गुलिया पेय पदार्थहरु नलिनुहोस् ।

३. धूमपान नगर्नुहोस् । यदि तपाईँ कोरोना भाइरसबाट संक्रमित हुनु भयो भने धूमपानले गम्भीर रोगको जोखिम बढाउन् सक्छ ।

४. शारीरिक व्यायम गर्नुहोस् । विश्व स्वास्थ्य संगठनको मापदण्डले भने झैँ वयस्कहरुले दैनिक कम्तिमा ३० मिनेट र बालबालिकालाई दैनिक १ घण्टा शारीरिक व्यायम गर्न गराउनुहोस् ।

यदि तपाईँ घरभित्रै लकडाउन अर्थात बाहिर निस्कन सक्ने अवस्था छैन् भने व्यायम गर्नुहोस्, नाच्नुहोस्। योगा गर्नुहोस् । घरकै भर्याङ सिडीबाट तलमाथि गर्नुहोस् । यसले पनि तपाईँको व्यायम हुन्छ ।

तपाईँ घरमै बस्नु भएको छ काम गरिराख्नु भएको छ भने लामो समय एउटै आसनमा नरहनुहोस् । तपाईँले कम्तिमा हरेक ३० मिनेटमा ब्रेक लिनुहोस् ।
घरमा कसरी स्वस्थ रहेर बस्ने भन्ने बारेमा हामी आउने दिनमा पनि सल्लाह दिनेछौँ ।

५. तपाँईको मानसिक स्वास्थ्यमा ख्याल गर्नुहोस् । यो संकटको बेला तनाव अलमल र डराउनु सामान्य कुरा हो । यस्तो बेलामा तपाईँले आफ्ना चिनजान र विश्वासिला व्यक्तिसंग कुरा गर्नुहोस् । तपाईँले यी कुुराहरु छिमेकीलाई पनि भन्न सक्नुहुन्छ । यस्तो बेलामा करुणा र सहयोग एक औषधि हो भन्ने कुरा नभुलौँ ।

संगीत सुन्नुहोस, किता पढनुहोस् अथवा गेम खेल्नुहोस् । यस्तो बेलामा धेरै समाचार नहेर्नुहोस् जसले तपाईँलाई तनाव दिन्छ । जानकारीका लागि विश्वसनीय माध्यमबाट दिनमा एक दुईपटक हेर्नुभए हुन्छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ३ : ५० बजे

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०