७ आश्विन २०८३, बुधबार | September 23, 2026

१८ औ राष्ट्रिय धान दिवस : कृषिमा प्रविधि अनिवार्य भएको सरोकारवालाको भनाई



बुटवल । १८ औ राष्ट्रिय धान दिवसको अवसरमा रुपन्देहीको उद्यमशिल टोल विकास संस्था, तिलोत्तमा १० मा मेशिनबाट धान रोपाई गरिएको छ । प्रविधिमा आधारित कृषि, आत्मनिर्भरता र समृद्धिको नारा बोकेको संस्थाले अघिल्लो वर्षदेखि मेशिनबाट धान रोप्न लागेको हो । यस वर्षको धान रोपाइँ तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले मेशिनबाट धान रोपेर औपचारिक रुपमा कार्यक्रमको उद्घाटन गरे । धान रोपाइँको उदघाटन गर्दै नगर प्रमुख घिमिरेले कृषिमा नया प्रविधि र विकास जरुरी रहेको बताए ।

उद्यमशिल टोल विकास संस्थाका अध्यक्ष घनसिह पुनले ब्यवहारिक रुपमा प्रविधियुक्त रोपाई देखाउन पनि कार्यक्रमलाई निरन्तरता दिदै आएको बताए । परम्परागत खेतिबाट किसानलाई श्रम बढी र आर्थिक रुपमा घाटा रहेको भन्दै उनले कृषिमा आधुनिकता र मेशिनको प्रयोग जरुरी रहेको बताए ।

बजारमा विभिन्न किसिमका पेडि रोपर मेशिनहरु भित्रिएका छन । नेपालमा मनमीत श्री ट्रेनिङले कृषिजन्य प्रविधिहरु भित्राएर किसानलाई साथ दिदै आएको छ । मनमीत श्री ट्रेनिङका संचालक उदय कुमार सिहले कृषिलाई आधुनिकता ल्याउने नया नया प्रविधि प्रयोगबारे किसानलाई सिकाउदै आएको बताए । शक्तिमानको पेडि रोपर ३७ नामको यो मेशिन एउटा अत्याधुनिक मेशिन हो जसको माध्यमबाट एउटा सिधा लाईनमा धान रोप्न सकिन्छ । परम्परागत खेति गर्दा २० जनाले दिनभरिमा १ विगाहा धान रोप्न सक्छ भने यो मेशिनको प्रयोगबाट एक जनाले एक दिनमा ५ विगाहा रोप्न सकिने जनाईएको छ ।

समुहमा रहेका किसानहरु करिब ५ विगाहा क्षेत्रफलमा चकलाबन्दी खेती गर्दै आएका छन् । बीउ बनाउन ढिलाई हुदा रोपाईमा समस्या भएको संस्थाका सचिव शिव प्रसाद ढकालले बताए । संस्थामा १ सय १४ घरधुरि छन ।

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  १० : ४८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज