२० मंसिर २०८२, शनिबार | December 6, 2025

आज एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै



काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) दशौं महाधिवेशन मूल आयोजक कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

मंगलबार साँझ बसेको एमाले स्थायी कमिटी बैठकले पार्टी संरचना २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको छ । त्यहि अनुसार निर्णय गर्न अन्तिम पटक महाधिवेशन आयोजक कमिटीको बैठक बस्न लागेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए । उनका अनुसार त्यसपछि असार १८ गते केन्द्रीय कमिटी बैठक बस्नेछ ।

आज बस्ने महाधिवेशन आयोजक कमिटी बैठकले सामान्य छलफल गर्नेछ । त्यसपछि महाधिवेशन आयोजक कमिटी विघटन भएको घोषणा गरिनेछ ।

एमाले नेता माधवकुमार नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउनु पर्ने माग गर्दै आएको छ । यसअघि नेपाल पक्षका काम ओलीले अस्वीकार गर्दै आएका थिए ।

अहिले भने स्थायी कमिटीले एकाएक केन्द्रीय कमिटीलाई ब्युँताउने निर्णय गरेको हो । स्थायी कमिटीमा ओली पक्षका नेता मात्रै सहभागी थिए ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ८ : २२ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय