१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

आजको मौसम : अधिकांश स्थानमा भारी वर्षाको संभावना, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह



काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा शुक्रबार मध्यरातिदेखि वर्षा भइरहेको छ ।

मनसुनी वायुको प्रभावले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो र राति पनि अधिकांश स्थानमा भारी वर्षा हुने भएकाले तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङसहित भारी वर्षाको सम्भावना छ । प्रदेश २ र वाग्मती प्रदेशका एक दुइ स्थानमा ‘धेरै भारी’ बर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैबीच इलाम, झापा, मोरङको धेरै स्थानमा भारी वर्षा भइरहेकाले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङ खोला, मावा, रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने, होचा स्थानमा डुबान हुन सक्ने भएकाले आज रातिसम्म नै सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ ।

केन्द्रका अनुसार रौतहट कर्मैया (पधेरादोभान) स्थित वाग्मती नदीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ ।

तनहुँको बिमलनगरस्थित मर्स्याङ्दी नदी र मकवानपुरको रजैयामा पूर्वी राप्ती नदीले सतर्कता तह पार गरेकाले आसपासका क्षेत्रका उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ८ : ०९ बजे

राष्ट्रियसभा बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

आज साउन १५ खिर खाएर मनाइँदै

काठमाडौं । आज साउन १५ गते । नेपाली समाजमा खिर

सरकार र पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गरिने

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनापछि गृह मन्त्रालय

जनकपुरधाममा कर्फ्यु कायमै, बिहान दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न छुट

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यु