१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

पृथ्वी राजमार्गको बेनिघाट नजिकै पहिरो, सवारी पुरिँदा दुई जनाको मृत्यु, ६ घाइते



काठमाडौं । लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो गएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिकामा पहिरो जाँदा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

बेनिघाट रोराङको वडा नं. १० स्थित जवाङ खोला नजिकै तिघरन खानीमा राजमार्गमाथिबाट आएको पहिरोले पाँच वटा सवारी साधन पुरेको छ।

पहिरोमा ना ८ ख ४५४० नम्बरको ट्रक ट्रक पुरिदा चितवनको राप्ती नगरपालिका ६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै, ना ७ ख ३२० नम्बरको कन्टेनरमा रहेका भारत घर भएकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको छ। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चेपाङको शव ट्रकमा चेपिएको अवस्थामा छ भने सोनीको पोखराको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक महेन्द्र खड्काले बताए । तीन जनाको पोखरा स्थित गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

राजमार्गमा पुरिएका सवारी साधन पहिरो रोकिएपछि खोजी गर्न सकिने प्रहरीको भनाइ छ । सडक अवरुद्ध हुदाँ मालबाहक तथा यात्रुबाहक सवारीको लामो लाइन लागेको छ । त्यस्तै नारायणगढदेखि काठमाडौँंसम्म सात स्थानमा ठूलो पहिरो गएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । तीमध्ये मुग्लिनबाट नारायणगढसम्म पाँच स्थानमा ठूलो पहिरो झरेको छ ।

त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका सहित गजुरी गाउँपालिका लगायतका सडक पहिराले अवरुद्ध भएको छ । त्यस्तै धादिङ सदरमुकाम जोड्ने कालुपाण्डे राजमार्ग अन्तर्गत सिद्धलेक गाउँपालिकाका परेवाटारमा पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ९ : ५१ बजे

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

आज साउन १५ खिर खाएर मनाइँदै

काठमाडौं । आज साउन १५ गते । नेपाली समाजमा खिर

सरकार र पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गरिने

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनापछि गृह मन्त्रालय

जनकपुरधाममा कर्फ्यु कायमै, बिहान दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न छुट

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यु

देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती,