२४ बैशाख २०८१, सोमबार | May 7, 2024

एमाले केन्द्रीय कमिटी बैठक : सर्वोच्चको फैसला अघि नै सँच्चिन नेपाल पक्षलाई ओली पक्षको आग्रह



काठमाडौं । नेकपा एमालेको १३ औं केन्द्रीय कमिटीको बैठक शनिबार सम्पन्न भएको छ । शनिबारको बैठकले प्रमुख पाँच विषयमा निर्णय गरेको प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

शनिबारको बैठकमा हिजो नै पार्टी अध्यक्ष ओलीले पार्टीको संगठनात्मक प्रतिवेदनबारे स्पष्ट पारे बमोजिम शनिबारको बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले संगठनात्मक योजना प्रस्तुत गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताए । बैठकले आगामी असार मसान्तसम्ममा पार्टीको सदस्यता नवीकरण गर्ने र साउन ५ गतेभित्र सबै विवरण पार्टीको केन्द्रीय कमिटीमा पठाइसक्ने प्रस्ताव अघि सारिएको थियो ।

एमालेका केन्द्रीय कमिटीको आजको बैठकले आगामी साउन २५ र २७ गते विधान अधिवेशन काठमाडौंमा गर्ने छलफल गरेको छ । जसमा पार्टी अध्यक्ष ओलीबाट पार्टीको राजनीतिक प्रतिवेदन, महासचिव पोखरेलको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संशोधन प्रस्ताव र रामबहादुर थापा बादलको संयोजकत्वमा पार्टीको व्यवस्थापन मामिलाको प्रस्ताव अघि बढाइएको थियो ।यसैगरी, एमाले केन्द्रीय कमिटीको तल्लो तहको अधिवेशनहरु वडा तहको आगामी भदौ ५ गते र पालिका तहको आगामी भदौ १५ गते गर्ने निर्णय आजको एमाले केन्द्रीय कमिटीको बैठकले गरेको ।

यसैगरी, एमाले पार्टीको केन्द्रीय तहको ३२ वटा विभागको सदस्यहरुको नामावलीको अन्तिम रुप आगामी बस्ने एमाले स्थायी कमिटीको बैठकले निर्णय गरिने थापाले जानकारी दिए । एमालेको आजको बैठकले आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यवधि निर्वाचनमा जुट्न पार्टीको नेता तथा कार्यकर्तामा आवहान गरेको छ। आगामी साउनमा स्थानीय निर्वाचनका लागि जुट्न पनि एमालले निर्णय गरेको थापाले बताए ।

शुक्रबारदेखि सुरु भएको बैठकमा नेता माधवकुमार नेपाल पक्षलाई विपक्षी गठबन्धनसँग मिलेर सरकार गठन गर्ने लगायतका विषयमा पार्टी अध्यक्ष ओलीले पुनः स्पष्ट पारेको र सर्वोच्च अदालतले फैसला गर्नु अगावै नेपाल पक्षलाई सच्चिन र पार्टी एकतालाई जोड दिन पुनः आग्रह गरिएको थापाले बताएका छन । आजको गोरखापत्र दैनिकमा सपना थामीले लेखेकी छिन ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ७ : ०६ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,