७ श्रावण २०८३, बिहिबार | July 23, 2026

एमाले केन्द्रीय कमिटी बैठक : सर्वोच्चको फैसला अघि नै सँच्चिन नेपाल पक्षलाई ओली पक्षको आग्रह



काठमाडौं । नेकपा एमालेको १३ औं केन्द्रीय कमिटीको बैठक शनिबार सम्पन्न भएको छ । शनिबारको बैठकले प्रमुख पाँच विषयमा निर्णय गरेको प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

शनिबारको बैठकमा हिजो नै पार्टी अध्यक्ष ओलीले पार्टीको संगठनात्मक प्रतिवेदनबारे स्पष्ट पारे बमोजिम शनिबारको बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले संगठनात्मक योजना प्रस्तुत गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताए । बैठकले आगामी असार मसान्तसम्ममा पार्टीको सदस्यता नवीकरण गर्ने र साउन ५ गतेभित्र सबै विवरण पार्टीको केन्द्रीय कमिटीमा पठाइसक्ने प्रस्ताव अघि सारिएको थियो ।

एमालेका केन्द्रीय कमिटीको आजको बैठकले आगामी साउन २५ र २७ गते विधान अधिवेशन काठमाडौंमा गर्ने छलफल गरेको छ । जसमा पार्टी अध्यक्ष ओलीबाट पार्टीको राजनीतिक प्रतिवेदन, महासचिव पोखरेलको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संशोधन प्रस्ताव र रामबहादुर थापा बादलको संयोजकत्वमा पार्टीको व्यवस्थापन मामिलाको प्रस्ताव अघि बढाइएको थियो ।यसैगरी, एमाले केन्द्रीय कमिटीको तल्लो तहको अधिवेशनहरु वडा तहको आगामी भदौ ५ गते र पालिका तहको आगामी भदौ १५ गते गर्ने निर्णय आजको एमाले केन्द्रीय कमिटीको बैठकले गरेको ।

यसैगरी, एमाले पार्टीको केन्द्रीय तहको ३२ वटा विभागको सदस्यहरुको नामावलीको अन्तिम रुप आगामी बस्ने एमाले स्थायी कमिटीको बैठकले निर्णय गरिने थापाले जानकारी दिए । एमालेको आजको बैठकले आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यवधि निर्वाचनमा जुट्न पार्टीको नेता तथा कार्यकर्तामा आवहान गरेको छ। आगामी साउनमा स्थानीय निर्वाचनका लागि जुट्न पनि एमालले निर्णय गरेको थापाले बताए ।

शुक्रबारदेखि सुरु भएको बैठकमा नेता माधवकुमार नेपाल पक्षलाई विपक्षी गठबन्धनसँग मिलेर सरकार गठन गर्ने लगायतका विषयमा पार्टी अध्यक्ष ओलीले पुनः स्पष्ट पारेको र सर्वोच्च अदालतले फैसला गर्नु अगावै नेपाल पक्षलाई सच्चिन र पार्टी एकतालाई जोड दिन पुनः आग्रह गरिएको थापाले बताएका छन । आजको गोरखापत्र दैनिकमा सपना थामीले लेखेकी छिन ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ७ : ०६ बजे

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट