८ चैत्र २०८२, आइतबार | March 22, 2026

पूर्व कृषिराज्य मन्त्री गुल्जारीले बांडे ६० क्वीन्टल चामल



भैरहवा । पूर्व कृषि तथा सहकारी राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी) ले मर्चवार क्षेत्रका वासिन्दालाई ६० क्वीन्टल चामल वितरण गर्नुभएको छ । उहाले रुपन्देहीको मायादेवी गाउँपालिका–६ स्थित शिवपुरमा मर्चवार क्षेत्रका १ हजार जनालाई चामल वितरण गर्नुभएको हो ।

कोराना भाइरस (कोभिड–१९)को महामारीका कारण सरकारले लकडाउनको घोषणा गरेको र त्यसलाई पालना गर्ने क्रममा आर्थिक अवस्था कमजोर भएका कारण कोही पनि खानबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नागरिकलाई चामल वितरण गरिएको गुल्जारीले बताउनुभयो ।

सोमबार शिवपुरबाट सुरु गरिएको कार्य अब मर्चवारका गाउँगाउँ तथा चोकचोकमा गएर चामलसहित अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरिनेछ, उहाले भन्नुभयो ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर ५ कमिटी सदस्य समेत रहेका नेता गुल्जारीले भन्नुभयो, “कोरोना भाइरसको संक्रमण नफैलियोस भन्ने उद्देश्यले सरकारले घोषणा गरेको लकडाउनको नागरिकले पूर्ण रुपमा पालना गर्नुपर्छ, लकडाउन सम्पूर्ण नागरिककै हितको लागि हो ।

साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षको समेत जिम्मेवारी सम्हालेका गुल्जारीले लकडाउनको अवधिमा मर्चवारवासी कोही पनि भोकै रहनु नपर्ने बताउनुभयो ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ८ : ०५ बजे

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा