१७ बैशाख २०८१, सोमबार | April 29, 2024

लायन्स क्लब अफ बुटवल सयपत्रीद्धारा नेपाल चिकित्सक संघ लुम्बिनीलाइ १३ थान पिपिई हस्तान्तरण



बुटवल । सामाजिक कार्यमा अग्रसर रहेको रुपन्देहीको एक क्लबले चिकित्सकहरुको सुरक्षाका लागि अतिआवश्यक रहेको सुरक्षा कपडा पर्सनल प्रोटेक्सन ईक्युमेन्ट (पिपिई) सहयोग गरेको छ ।

लायन्स क्लब अफ बुटवल सयपत्रीका पुर्वअध्यक्ष तथा लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ बि २ नेपालका डिष्ट्रिक को–चिफ एडभाईजर सुनिता श्रेष्ठ बजिमयको पहलमा मनकामना गार्मेन्ट उद्योग  (गोफी ब्राण्ड) का संचालक सुमित प्रधान तथा बाबा ट्रेडिङ काठमाण्डौका पशुपति लाथको सहयोगमा लायन्स क्लब अफ बुटवल सयपत्रीले नेपाल चिकित्सक संघ लुम्बिनी शाखालाई १३ थान पिपिई सहयोग गरेको हो ।

क्लबका पुर्वअध्यक्ष तथा लायन्स क्लब अफ ईन्टरनेश्नल ३२५ बि २ नेपालका डिष्ट्रिक को–चिफ एडभाईजर सुनिता श्रेष्ठ बजिमयले संघका महासचिव डा सन्तोष पोखरेललाई सो सामग्री हस्तान्तरण गरेका हुन ।

विश्व भर महामारीको रुपमा फैलिएको कोराना भाइरस (कोभिड-१९) को संक्रमण बढेको बेला सबैभन्दा अग्रभागमा रहेर स्वस्थ्य जस्तो संवेदनशील पेशामा रहेका चिकित्सकहरुको सुरक्षाका लागि सो सामग्री सहयोग गरिएको श्रेष्ठले बताउनुभयो ।

यसैगरि बिरामीहरुलाई सेवा दिईरहेका एम्बुलेन्स चालकहरुको लागि पनि क्लबबाट २ थान पिपिई हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ८ : ४८ बजे

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा