१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बाग्मती प्रदेशसभा बैठक आज पनि अवरुद्ध



हेटौंडा । वाग्मती प्रदेशसभाको आज बसेको पहिलो बैठक नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको अवरोधका कारण अवरुद्ध भएको छ ।

प्रदेशसभाको बैठकमा प्रमुख विपक्षी दल माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले बजेट देश र जनताको हितमा नभएकोले मुख्यमन्त्री डोरमणि पौडेलसँग बसेर वार्ताबाट निकास नभएसम्म बैठक सञ्चालन हुन नदिने अडान राखेपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरेका हुन् ।

सभामुख श्रेष्ठले अर्को सूचना जारी भएपछि मात्रै बैठक सञ्चालन गर्ने बताएका छन् । आजको बैठक दिउँसोको १ बजे शुरु गर्ने भनिएपनि १ बजेर ४० मिनेटमा शुरु गरिएलगत्तै करीब ३ मिनेट बसेर स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सभामुख श्रेष्ठको सक्रियतामा हिजो सर्वदलीय बैठकको आयोजना गरी प्रमुख प्रतिपक्षी र प्रतिपक्षीसँग सरकारले सहमति कायम गरी आजैबाट बजेट विनियोजन शीर्षकमा छलफल चलाउने सहमति भएको थिया । तरण्, बैठक निश्चित समयभन्दा ४० मिनेटपछि सञ्चालन भएपनि छलफललाई पूर्णता प्रदान गर्न नसकिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रतिपक्षी दलका तर्फबाट सरकारले ल्याएको बजेटमा भीमफेदी–कुलेखानी सुरुङमार्ग, विद्युतीय बस खरीद गरी सञ्चालन गर्ने र सरकार आफैँले आफ्नो स्वामित्वमा रहने गरी सरकारी रेडियो, टेलिभिजन र छापा सञ्चालन गर्ने भनी ल्याइएको कार्यक्रमलाई पुनः आत्मसमीक्षा गरी छलफल गर्नुपर्ने तथा आवश्यकता अनुसार बजेट फेरबदल गर्न माग गरिएको नेकपा माओवादी केन्द्रका नेता जम्मकट्टेलले बताए ।

बजेटमा प्रतिपक्षी दलहरुको भावनालाई आघात पुग्ने गरी एकलौटी ढङ्गबाट आफ्नै गुटको लागि मात्रै बजेट कार्यक्रम विनियोजित गरिएको र पूर्वाधार निर्माणबिनै सरकारले विद्युतीय बस सञ्चालन गर्ने र आफ्नो दलगत स्वार्थको लागि सञ्चारगृह सञ्चालन गर्ने कार्यले प्रजातान्त्रित संस्कार र संवैधानिक प्रक्रियामाथि पनि चुनौती थपिने हुँदा पुनः समीक्षासाथ विनियोजन गर्न कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले माग गरे ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ३ : ४३ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा