१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न लागिएको भन्दै निगमका विभागीय प्रमुख र ट्रेड युनियन संगठनहरू आन्दोलित



काठमाडौं । हवाई माफियाको चंगुलमा परेर नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न लागिएको भन्दै निगमका विभागीय प्रमुख र ट्रेड युनियन संगठनहरू आन्दोलित भएका छन् । निगम सञ्चालक समितिको अध्यक्ष समेत नियुक्त नभएको बेलामा निजीकरण गर्ने मनयाय स्वरुप कम्पनी मोडेलमा जाने सञ्चालक समितिले तयारी गरेपछि त्यसका विरुद्ध निगमका विभागिय प्रमुख र ट्रेड युनियन संगठनहरू आन्दोलित भएका हुन् ।

बिभागिय प्रमुख र ट्रेड युनियनहरुले संगठित रूपमा सञ्चालक समितिको १३ असारको निर्णयविरुद्ध आन्दोलनको घोषणा सहित अर्थमन्त्री विष्णु पौडेल र पर्यटन मन्त्रालयलाई ध्यानाकर्षण समेत गराएका छन् । शुक्रबार नै तालाबन्दीमा उत्रिएका कर्मचारीहरूले आइतबार अर्थमन्त्री पौडेललाई निजीकरण गर्ने निर्णय खारेज गर्न माग पत्र बुझाएका छन् ।

१३ असारमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको अध्यक्षतामा बैठक बसेर दीर्घकालीन असर पर्ने विषय गुपचुप रूपमा निर्णय लिएको कर्मचारी संगठनहरूको आरोप छ । बैठकले निगमलाई निजीकरण गर्ने योजना सहित प्रबन्धपत्र र बिनियमावली तयार गरि सम्बन्धित मन्त्रालयमा समेत पठाईसकेको उनीहरुले दाबी गरेका छन् ।

निगमका माथिल्लो तहका कर्मचारीहरूसँग समेत सामान्य छलफल नै नगरी सञ्चालक समितिका सदस्यहरू किशोर प्रधान, फुर गेल्जे शेर्पा र ईश्वरी पौडेलले प्रबन्ध पत्रको मस्यौदलाई अन्तिम रूप दिएका थिए ।

अध्यक्ष सुशील घिमिरेले राजीनामा दिएपछि नयाँ अध्यक्ष नियुक्त भइसकेका छैनन् । निगमका ट्रेड युनियन कर्मचारीहरू मात्र होइन, विभागीय प्रमुखहरू पनि कम्पनी मोडेलमा लैजाने सरकारी प्रयासको विरोधमा छन् ।

सञ्चालक समिति र सरकारकाे निर्णयविरुद्धमा नायब महाप्रबन्धक गणेश बहादुर चन्द, कामु नायब महाप्रबन्धक (प्रा.) कर्णबहादुर थापा, अपरेशन विभागका कामु निर्देशक दिपु ज्वारचन, वाणिज्य विभागका निर्देशक जनकराज कालाखेती, अर्थ विभागका कामु निर्देशक अनिसा खड्का, कामु निर्देशक उमेश पौडेल, मानव संशाधन विभागका कामु निर्देशक अशोक सिग्देल, यात्रुसेवा विभागका कामु निर्देशक टंकनिधि दाहाल, पारस पौडेल, गुणस्तर विभागका निर्देशक विक्रम केसी, जीवनकुमार भट्टराई, कर्पोरेट विभागका कामु निर्देशक अर्चना खड्का, ग्राउण्ड सर्पोट विभागका कामु निर्देशक डोलेश्वर कोइराला र निर्देशक रविन्द्र कुमार शेरचन समेतले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ४ : ३० बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा