काठमाडौं । मूल्य बढाएको दुई साता पनि नबित्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
गत असार १० गते पेट्रोल, डिजल र अन्तराष्ट्रिय उडानको हवाई ईन्धनमा मुल्य बढाएको निगमले आज राती १२ बजेबाट लागु हुने गरि फेरि पेट्रोल, डिजल र मट्टितेलमा प्रति लिटर २(२ रुपैयाँ बढाएको हो । अव पेट्रोल १२९ तथा डिजल र मट्टितेल ११२ रुपैयाँमा उपभोक्ताले पाउने छन् ।
हवाई इन्धनमा पनि मुल्य बढेको छ । आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, तथा अन्तरराष्ट्रिय उडानमा प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्याईएको छ ।
निगमले खाना पकाउने ग्यासको पनि मुल्य बढाएको छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरेको छ ।
अन्तरराष्ट्रिय बजारको अवस्थाका कारण निगमले भविष्यमा अझै मूल्य बढ्न सक्ने बताएको छ ।


















प्रतिक्रिया