७ आश्विन २०८३, बुधबार | September 23, 2026

दाङमा लागुऔषधसहित तीन जना पक्राउ



देउखुरी । दाङ प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा विभिन्न स्थानबाट लागुऔषधसहित उनीहरुलाई आज पक्राउ गरिएको हो ।

घोराही उपमहानगरपालिका-१३ बडहरा टोलका २२ वर्षीय कृष्ण बुढाथोकी र वडा नं २ निवासी २३ वर्षीय नुवाजन चौधरीले रा ४ प १०७४ नं को मोटरसाइकल प्रयोग गरी ब्राउन सुगर कारोवार गरिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

उनीहरुका साथबाट ६०० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको प्रहरीले बताएको छ । यसैबीच राप्ती गाउँपालिका-१ भालुवाङ रातोडाँडा निवासी २७ वर्षीय एकेन्द्र पुन मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

उनको घरका कोठामा लागुऔषध लुकाइछिपाइ राखिएका अवस्थामा २।३५ मिलीग्राम ब्राउन सुगर प्रहरीले सोमबार बरामद गरेको हो । तीनै जनालाई लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ७ : ०४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११