२५ माघ २०८२, आइतबार | February 8, 2026

चितवनमा निषेधाज्ञा खुकुलो भएसँगै बढ्न थाल्यो कोरोना संक्रमण



चितवन । चितवनमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा एक हजार १४ मा झरेको सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएर एक हजार २७१ पुगेको हो ।

स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । त्यसो त वैशाख र जेठमा यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या निकै बढी थियो । कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जेठको दोस्रो साता सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ७०० नाघेको थियो । जेठ १० गते चार हजार ७१३ पुगेको थियो ।

असार लागेसँगै घट्दै गएको सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेको छ । असार १ गते एक हजार ५४८ रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएर असार १३ गते एक हजार १४ मा झरेको थियो । जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार असार १४ गते एक हजार ८७, १६ गते एक हजार १९८ र १८ गते एक हजार २२० हुँदै यो सङ्ख्या एक हजार २७१ पुगेको छ । सक्रिय सङ्क्रमितको प्रतिशत पनि बढ्दै गएको छ ।

असार ५ गते यस वर्षकै कम दुई दशमलव एक प्रतिशत सङ्क्रमित भएकामा असार १५ गते १७ दशमलव ९६ प्रतिशत, १८ गते २३ दशमलव २४ प्रतिशत, १९ गते २७ दशलमव २४ प्रतिशत, २० गते २७ दशमलव २४ प्रतिशत, २१ गते १९ दशमलव ६९ प्रतिशत र २२ गते १८ दशमलव४३ प्रतिशत रहेको छ ।

कार्यालय प्रमुख तिवारी निषेधाज्ञा खुकुलो हुँदै जाँदा सङ्क्रमित बढ्दै गएको बताउँछन । उनले भने “राम्रोसँग सङ्क्रमितको सङ्ख्या घट्न नपाउँदै पुनः बढ्न थालेपछि खतरा बढेको छ ।” मानिसलाई खुकुलोपना बढी चाहिएका कारण पुनः सङ्क्रमण थपिएर जाने हो कि भन्ने चिन्ता बढेको उनको भनाइ छ । तिवारीले भने, “निषेधाज्ञा खुकुलो भए पनि उच्च सावधानी अपनाउनुपर्‍यो ।”

भरतपुर अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका फिजिसियन डा भोजराज अधिकारी गम्भीर प्रकृतिका सङ्क्रमित नभएर मध्यम र सामान्य प्रकृतिका सङ्क्रमित बढेको बताउँछन । निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमणको आशङ्का हुँदा पनि घरमा बसेकाहरु परीक्षण गर्न आएर पनि सङ्ख्या बढेको हुनसक्ने उनको अनुमान छ ।

बर्सातको समयमा पानीमा भिजेर, खेतीपातीको कामले थाकेर भन्दै सामान्य लक्षण देखिएका पनि घरमै रहेको भन्दै उनले भने, “यस्ता कारणले गाउँघरमा सङ्क्रमितको सङ्ख्या झन् बढ्न सक्छ ।” कोरोनाको मिल्दोजुल्दो लक्षण देखिँदासाथ परीक्षण गर्न पनि उनले सुझाव दिए । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले देशव्यापीरूपमा भन्दा जिल्लामा केही कमी भए पनि बढ्दै गएकामा चिन्ता व्यक्त गरे । उनले भने, “हामी सबै सजग भएनौँ भने सङ्क्रमण झन् बढ्न सक्छ । सबैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्‍यो ।” निषेधाज्ञा खुकुलो भए पनि सङ्क्रमण छ भन्ने सोचेर आफ्ना दैनिक क्रियाकलाप गर्न उनले सुझाव दिए ।

जिल्लाका अस्पतालमा २१९ सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये ६६ सघन उपचारकक्षमा, १७ भेन्टिलेटरमा, ४३ एचडीयुमा र ११० जना सामान्य शय्यामा उपचाररत छन । जिल्लामा हालसम्म २८७ जनाको मृत्यु भएको छ । कूल सङ्क्रमितको सङ्ख्या १६ हजार ८६३ पुगेको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १० : ३१ बजे

दीपेन्द्रको अर्को प्रहार, साम करन आउट हुँदै नेपालले इंग्ल्यान्डको पाँचौँ विकेट लियो

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध

टी-२० विश्वकप : दीपेन्द्रको बलमा बेथेल आउट, नेपालद्वारा इंग्ल्यान्डको चौथो विकेट

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

चालुआबमा छुट्टाइएका अधिकांश योजनामा सरकारले कैची चलायो : पूर्वअर्थमन्त्री पौडेल

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा एमाले रुपन्देही क्षेत्र नं

टी-२० विश्वकप : इंग्ल्यान्डविरुद्ध नेपालद्वारा तेस्रो विकेट, सन्दीपको बलमा टम ब्यान्टन आउट

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध