२२ मंसिर २०८२, सोमबार | December 9, 2025

नेपालगन्ज उपमहानगरका महिला स्वास्थ्य स्वयमसेविकाहरु अव साइकलमा सरर…



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले उपमहानगर भित्र क्रियाशिल महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नि-शुल्क साईकल उपलब्ध गराएको छ । उपमहानगरको पर्यावरण स्वच्छ बनाउन तथा महिला स्वयमसेविकाहरुलाई प्रोत्साहित गर्न उप-महानगरपालिकाले साईकल उपलब्ध गराएको जनाएको हाे । नेपालगन्जमा कार्यरत २०१ जना मध्ये १६८ जनालाई बुधबार एक कार्यक्रमका बीच साइकल वितरण गरिएको थियो । कार्यक्रममा नेपालगन्ज उप-महानगरका नगर प्रमुख धवलशम्शेर राणाले साईकल हस्तान्तरण गरेका थिए ।

साइकल हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख राणाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई काम गर्न सहज हुने र समग्रमा नगरकै स्वास्थ्य क्षेत्र सुधार हुने अपेक्षा सहित साईकल सहयोग गरिएको बताए ।

३३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु भने यस महिनाको मसान्तबाट उमेरको हद ६० वर्ष पुरा भएका कारण अवकाश पाउने भएकाले उनीहरुलाई साइकल उपलब्ध नगराईएको उप-महानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साईकल उपलब्ध गराइएको हो । सहभागी महिला स्वास्थ्य स्वयंसेविकाहरुले उपमहानगरले गरेको सहयोगले आफुहरुलाई जिम्मेवार बनाएको बताए ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ४ : ५० बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट