७ श्रावण २०८३, बिहिबार | July 23, 2026

नेपालगन्ज उपमहानगरका महिला स्वास्थ्य स्वयमसेविकाहरु अव साइकलमा सरर…



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले उपमहानगर भित्र क्रियाशिल महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नि-शुल्क साईकल उपलब्ध गराएको छ । उपमहानगरको पर्यावरण स्वच्छ बनाउन तथा महिला स्वयमसेविकाहरुलाई प्रोत्साहित गर्न उप-महानगरपालिकाले साईकल उपलब्ध गराएको जनाएको हाे । नेपालगन्जमा कार्यरत २०१ जना मध्ये १६८ जनालाई बुधबार एक कार्यक्रमका बीच साइकल वितरण गरिएको थियो । कार्यक्रममा नेपालगन्ज उप-महानगरका नगर प्रमुख धवलशम्शेर राणाले साईकल हस्तान्तरण गरेका थिए ।

साइकल हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख राणाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई काम गर्न सहज हुने र समग्रमा नगरकै स्वास्थ्य क्षेत्र सुधार हुने अपेक्षा सहित साईकल सहयोग गरिएको बताए ।

३३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु भने यस महिनाको मसान्तबाट उमेरको हद ६० वर्ष पुरा भएका कारण अवकाश पाउने भएकाले उनीहरुलाई साइकल उपलब्ध नगराईएको उप-महानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साईकल उपलब्ध गराइएको हो । सहभागी महिला स्वास्थ्य स्वयंसेविकाहरुले उपमहानगरले गरेको सहयोगले आफुहरुलाई जिम्मेवार बनाएको बताए ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ४ : ५० बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी