१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

भारतीय प्रधानमन्त्री माेदीले दोस्रो कार्यकालमा पहिलाे पटक गरे मन्त्रीमण्डलको विस्तार



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालमा पहिलोपटक केन्द्रीय मन्त्रीमण्डल पुनर्गठन गरेका छन् ।

मन्त्रिपरिषदका ४३ सदस्यहरुलाई पद तथा गोपनियताको शपथ खुवाईएको छ,, जसमा १५ मन्त्री र २८ जना राज्यमन्त्री छन् ।

आफ्नो दोस्रो कार्यकालको पहिलो मन्त्रिपरिषद् विस्तारमा प्रधानमन्त्री नरेन्द्र मोदीले चुनाव र सामाजिक आवश्यकताको आधारमा सामाजिक र क्षेत्रीय गणितको प्रयोग गर्ने प्रयास गरेका छन् । मोदीले उत्तरप्रदेशका सात नयाँ अनुहार सहित चार पिछडिएको र पहिलो पटक अनुसूचित जातिका दुई नयाँ अनुहारलाई स्थान दिएर सामाजिक र क्षेत्रीय सन्तुलन सिर्जना गर्ने प्रयास गरिएको छ ।

विस्तारमा जातीय र क्षेत्रीय बीचमा सन्तुलन कायम गर्ने मात्र नभई पुराना अनुहारहरूको विकल्प खोज्ने प्रयास पनि गरिएको छ। अनुप्रिया पटेललाई मन्त्रिपरिषद्मा समावेश गरेर गठबन्धनलाई दृढताका साथ सञ्चालन गर्ने सन्देश दिइएको बिस्तारित मन्त्रीमण्डलमा दुईजना कुर्मी अनुहारहरू समावेश गरेर भाजपाको परम्परागत कुर्मी मत कायम राख्ने प्रयास गरिएको छ। केन्द्रीय मन्त्रीमा प्रधानमन्त्री मोदी सहित उत्तरप्रदेशबाट मात्र १५ जना मन्त्रीमण्डलमा सहभागी छन् ।

मन्त्रिपरिषद सदस्यमा कतिपय नयाँ अनुहार पनि छन् । बुधबार सर्वानन्द सोनोवाल, नारायण राणे, ज्योतिरादित्य सिन्धियासहित १५ जना मन्त्रीले सपथ गराईएको छ ।

यस्तो छ मोदी क्याबिनेट

  • राजनाथ सिंह– रक्षा
  • अमित शाह– गृह तथा सहकारिता
  • नितिन गडकरी– परिवहन तथा राजमार्ग
  • निर्मला सीतारमण– वित्त तथा कार्पोरेट
  • नरेंद्र सिंह तोमर– कृषि
  • एस जयशंकर– विदेश मन्त्री
  • अर्जुन मुण्डा– आदिवासी
  • स्मृति ईरानी– महिला एवं बाल कल्याण
  • पीयूष गोयल– वाणिज्य, उद्योग, उपभोक्ता तथा कपड़ा
  • धर्मेन्द्र प्रधान– शिक्षा, उद्यम तथा कौशल विकास
  • प्रह्लाद जोशी– संसदीय मामिला
  • नारायण राणे– लघु, मध्यम तथा सूक्ष्म उद्योग
  • सर्बानंद सोनोवाल– पोर्ट, शिपिंग, जलमार्ग
  • मुख्तार अब्बास नकÞवी– अल्पसंख्यक
  • वीरेन्द्र कुमार– सामाजिक न्याय
  • गिरिराज सिंह– ग्रामीण विकास तथा पञ्चायती
  • ज्योतिरादित्य सिंधिया– नागरिक उड्डयन
  • आरसीपी सिंह– इस्पात
  • अश्विनी वैष्णव– रेलवे, सञ्चार तथा सूचना
  • पशुपति कुमार पारस– खाद्य
  • गजेन्द्र सिंह शेखावत– जलशक्ति
  • किरेन रिजिजू– न्याय तथा कानून
  • आरके सिंह– ऊर्जा
  • हरदीप सिंह पुरी– पेट्रोलियम, ग्यास, आवास एवं शहरी विकास
  • मनसुख माण्डविया– स्वास्थ्य तथा परिवार कल्याण
  • भूपेन्द्र यादव– पर्यावरण एवं वन, जलवायु परिवर्तन, श्रम एवं रोजÞगार
  • महेन्द्र नाथ पाण्डे– भारी उद्योग
  • पुरुषोत्तम रुपाला– पशुपालन, मत्स्य पालन तथा दुग्ध उत्पादन
  • जी. किशन रेड्डी– पर्यटन एवं संस्कृति
  • अनुराग ठाकुर– खेल तथा युवा

 

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  १० : ०९ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत