२६ बैशाख २०८१, बुधबार | May 9, 2024

अविरल वर्षाले सडक भासिँदा नारायणघाट-बुटवल राजमार्ग अवरुद्ध, कावासोती र दलदले डुवानमा



बुटवल । लगातार वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

नवलपुर जिल्लाको (बर्दघाट–सुस्तापूर्व) को कावासोती थानाचोक नजिकै बाढीले राजमार्गको ह्युमपाइप बगाउँदा राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार कावासोतीमा सडक भासिएको छ । सडक भासिएपछि अहिले पुर्वपश्चिम राजमार्ग अवरुद्ध रहेको प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

राजमार्ग अवरुद्ध भएपछि सवारी साधन ठप्प भएका छन् । कावासोती क्षेत्रमा वर्षा हुने क्रम नरोकिएकाले राजमार्ग संचालन गर्न कठिनाई भएको मल्लले बताए ।

लगातार भएको वर्षाका कारण नवलपुरको सदरमुकाम कावासोती र देवचुलीको दलदले बजार डुबानमा परेका छन् ।

आज बिहानदेखि अवरुद्ध भएको सडक सञ्चालनको तयारी भइरहेको एसपी मल्लले बताए । शुरुमा साना सवारी साधनका लागि डाइभर्सन बनाउने काम भईरहेको जनाउंदै उनले ठूला सवारी साधनको आगामन खोल्न भने केही समय लाग्ने बताए ।

सडक अवरुद्ध हुँदा पूर्वपश्चिम राजमार्ग भएर चल्ने सवारी साधनहरु राजमार्गमै अलपत्र परेका छन् ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  १० : ५७ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s