२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

अविरल वर्षाले सडक भासिँदा नारायणघाट-बुटवल राजमार्ग अवरुद्ध, कावासोती र दलदले डुवानमा



बुटवल । लगातार वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड अवरुद्ध भएको छ ।

नवलपुर जिल्लाको (बर्दघाट–सुस्तापूर्व) को कावासोती थानाचोक नजिकै बाढीले राजमार्गको ह्युमपाइप बगाउँदा राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार कावासोतीमा सडक भासिएको छ । सडक भासिएपछि अहिले पुर्वपश्चिम राजमार्ग अवरुद्ध रहेको प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

राजमार्ग अवरुद्ध भएपछि सवारी साधन ठप्प भएका छन् । कावासोती क्षेत्रमा वर्षा हुने क्रम नरोकिएकाले राजमार्ग संचालन गर्न कठिनाई भएको मल्लले बताए ।

लगातार भएको वर्षाका कारण नवलपुरको सदरमुकाम कावासोती र देवचुलीको दलदले बजार डुबानमा परेका छन् ।

आज बिहानदेखि अवरुद्ध भएको सडक सञ्चालनको तयारी भइरहेको एसपी मल्लले बताए । शुरुमा साना सवारी साधनका लागि डाइभर्सन बनाउने काम भईरहेको जनाउंदै उनले ठूला सवारी साधनको आगामन खोल्न भने केही समय लाग्ने बताए ।

सडक अवरुद्ध हुँदा पूर्वपश्चिम राजमार्ग भएर चल्ने सवारी साधनहरु राजमार्गमै अलपत्र परेका छन् ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  १० : ५७ बजे

भारत–नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौं । भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

आर्टिफिसियल इन्टेलिजेन्सको अदृश्य लागत – ऊर्जा, पानी र डाटा सेन्टरको बढ्दो दबाब

डिजिटल युगमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) विश्वव्यापी परिवर्तनको प्रमुख शक्ति बनिरहेको

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप

दार्चुलामा झोलुंगे पुल निर्माणका लागि हर्क साम्पाङको श्रमदान अभियान घोषणा

काठमाडौं । सांसद हर्क साम्पाङले दार्चुलामा तुइन विस्थापन गरी झोलुंगे

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौं । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभाको सभामुख