२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

वरिपरिका जिल्लामा बाढी पहिरो आउँदा बाँकेमा खडेरीको संकेत, धानको बीउ खेतमै सुक्न थाल्यो



नेपालगन्ज । देशका अधिकांस स्थानमा अधिक वर्षका कारण बढी, पहिरो र डुबानको समस्या झेल्नु परेपनि बाँकेमा भने पानी नपरेका कारण बिहाडमै बिउ सुक्ने सम्भावना बढेर गएको छ । झण्डै १० दिन देखि पानी नपरेपछि बिहाडमा बीउ सुक्ने अवस्था आएको हो । जेठ महिनामा नै ठुलो वर्ष भएपछि समयमा धान रोप्न पाईने आशामा यसवर्ष छिटो धानको बीउ छरेका किसानहरुले असारको १३-१४ यता पानी नपरेपछि समस्यामा परेका छन् ।

बाँकेमा अधिकांस स्थानमा आकाशे पानीका भरमा धान रोप्न परम्परा जस्तै बनेको छ । खेतको छेउछाउमा रहेको पोखरीमा रहेको पानी पम्पसेट लगाएर धान रोप्ने गरिएपनि सबै स्थानमा पोखरी नभएको र यसरी धान रोप्दा धेरै महङ्गो पर्न जाने किसानहरुले बताउने गरेका छन् । पोखरीबाट पानी तान्दा प्रतिघण्टा झण्डै पाँचसय खर्च लाग्ने गर्दछ ।

जेठमा पानी परेको देखेर छिटो बिहाड हालेका बाँके खजुरा गाँउपालिका रनियापुरका जहाँगिरा थारुले पानी परेको देखेर बाँझो जोतेपनि पानी आउन छाडेपछि खेतमा धुलो उड्न थालेको बताउँछन् । पोहार परार साल खडेरी परेर साउनको अन्तिममा धान रोपिन्थ्यो, जहाँगिराले भने, ( यसपाली समयमा पानी प-यो भनेर छिटो बीउ हालियो फेरि खडेरी पर्ने भयो ।

बहप्रतिक्षित सिक्टा सिँचाईको नहर बाँकेको केहि स्थानमा पुगेपनि खेतसम्म पुग्न सकेको छैन । असार महिना सकिनै लाग्दा बाँकेमा ५० प्रतिशत हाराहारीमा धान रोपाँई भएको कृषि ज्ञान केन्द्र बाँकेले अनुमान गरेको छ ।

छिमेकी जिल्लाहरुमा वर्षाका कारण धनजनको क्षेति भएको समाचार आइरहँदा बाँकेका किसानहरु भने खेत बाँझो रहने चिन्तामा डुबेका छन् । अझै केही दिन पानी नपरे बिउ सुक्ने र खेत बाँझो रहने खतरा बढेको रनियापुर घिया गाँउका आशाराम चौधरीले बताए ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ३ : ०७ बजे

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री

वीरगन्ज महानगर प्रहरीप्रमुख भुसाल र सहायक निरीक्षक लुइटेल जिम्मेवारीबाट हटाइए

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नगर प्रहरी प्रमुख

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने