१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्ड अझै खुलेन, बुटवल-नारायणघाट सडक हलुका सवारी साधनका लागि खुल्ला



बुटवल । विगत ३ दिनबाट आएको अविरल वर्षका कारण लुम्बिनी प्रदेशको बिभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध भएका सडक कतै एकतर्फी खुलेका छन् भने कतै अहिले सम्म खुल्न सकेका छैनन् ।

गयरातीबाट अवरुद्ध भएको सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्ड आज राती पनि खुल्न सकेन भने अविरल वर्षाका कारण पूर्व पश्चिम राजमार्गको कावासोती थाना नजिकै ह्मिपाईप बगाएर अवरुद्ध भएको सडक साना सवारी साधनलाई मात्र एकतर्फी खुल्ला गरिएको छ । उता भालुवाङ प्युठान सडक आज साँझबाट एकतर्फी खुलेको छ ।

सिद्धार्थ राजमार्गको तिनाउ ५ ढुंगाखानीमा ६ घर पुर्ने गरि आएको पहिरो आज दिनभरी पनि हटाउन नसकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । भोली दिउँसो सम्ममा थप वर्ष नएका सडक सुचारु हुने प्रदेश ट्राफिक प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले बताए । नारायणभाट मुग्लीन सडक पनि अवरुद्ध रहेको भन्दै डीएसपी पाण्डेले राजधानी काठमाडौको लागि यात्रा तय नगर्न नागरिकलाई आग्रह गरेका छन् ।

उता पूर्व पश्चिम राजमार्गको कावासोती थाना नजिकै भत्किएको सडकमा डाइभर्सन बनाएर साना गाडीहरु संचालनमा ल्याईएपनि ठुला सवारी साधन सुचारु हुन नसकेको नवलपुर प्रहरी प्रमुख एसपी प्रकाश मल्लले बताएका छन् ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  १० : २० बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति