२० मंसिर २०८२, शनिबार | December 6, 2025

राजश्व छलेर नेपाल प्रवेश गरेका १५ भारतीय मालवाहक गाडी रुपन्देही प्रहरीको नियन्त्रणमा



बुटवल । राजश्व छली गरी नेपाल भित्रिएर निर्वाध राजमार्गमा गुडिरहेको १५ भारतीय नम्बर प्लेटका गाडीहरुलाई चालक सहित रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । राजश्व छली नेपाल प्रवेश गरेका र नियम विपरित मापदण्ड भन्दा बढी तौलको सामान बोकेका १५ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र त्यस मातहतका प्रहरी इकाईको संयुक्त टोलीले आज मध्यान्ह १ बजे देखि ५ बजे सम्म संचालन गरेको छड्के चेकजाँचका क्रममा रुपन्देही हुँदै पूर्व तर्फ जाँदै गरेका ती गाडीहरुलाई तिनाउ पुलपारी जितगढीबाट नियन्त्रणमा लिईएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । फलफुलहरु बोकेका ति गाडीहरुको चेकजाँच गर्दा नियम विपरित भएको पाईएको र तौलभारको मापदण्ड भन्दा बढी तौल समेत रहेकाले नियन्त्रणमा लिईएको डीएसपी थापाले बताए ।

नियन्त्रणमा लिईएका गाडी र चालकहरुलाई राजश्व अनुसन्धान कार्यालय बुटवल बुझाईएको प्रहरीले जनाएको छ । हरेक दिन कपिलवस्तुका बिभिन्न नाकाहरुबाट नेपाल प्रवेश गरेर नेपालका बिभिन्न शहर पुग्ने गरेका भारतीय गाडीहरु आजमात्र नेपाल प्रहरीको नियन्त्रणमा परेको हो ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ९ : ५९ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय