२८ भदौ २०८३, आइतबार | September 13, 2026

राजश्व छलेर नेपाल प्रवेश गरेका १५ भारतीय मालवाहक गाडी रुपन्देही प्रहरीको नियन्त्रणमा



बुटवल । राजश्व छली गरी नेपाल भित्रिएर निर्वाध राजमार्गमा गुडिरहेको १५ भारतीय नम्बर प्लेटका गाडीहरुलाई चालक सहित रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । राजश्व छली नेपाल प्रवेश गरेका र नियम विपरित मापदण्ड भन्दा बढी तौलको सामान बोकेका १५ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र त्यस मातहतका प्रहरी इकाईको संयुक्त टोलीले आज मध्यान्ह १ बजे देखि ५ बजे सम्म संचालन गरेको छड्के चेकजाँचका क्रममा रुपन्देही हुँदै पूर्व तर्फ जाँदै गरेका ती गाडीहरुलाई तिनाउ पुलपारी जितगढीबाट नियन्त्रणमा लिईएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । फलफुलहरु बोकेका ति गाडीहरुको चेकजाँच गर्दा नियम विपरित भएको पाईएको र तौलभारको मापदण्ड भन्दा बढी तौल समेत रहेकाले नियन्त्रणमा लिईएको डीएसपी थापाले बताए ।

नियन्त्रणमा लिईएका गाडी र चालकहरुलाई राजश्व अनुसन्धान कार्यालय बुटवल बुझाईएको प्रहरीले जनाएको छ । हरेक दिन कपिलवस्तुका बिभिन्न नाकाहरुबाट नेपाल प्रवेश गरेर नेपालका बिभिन्न शहर पुग्ने गरेका भारतीय गाडीहरु आजमात्र नेपाल प्रहरीको नियन्त्रणमा परेको हो ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ९ : ५९ बजे

९९औँ ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ छनोट

काठमाडौं । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ

ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव

नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता (एआई),

एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि

काठमाडौं । नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तरराष्ट्रिय

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदलको काभ्रेमा आवासीय बैठक

काठमाडौँ । पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित