२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

कान्दाहारको कन्सुलेट कार्यालयबाट भारतले फिर्ता गर्यो कर्मचारी



नयाँ दिल्ली । अफगानिस्तानको कान्दाहारमा रहेको आफ्नो कूटनीतिन नियोगबाट भारतले आफ्ना कर्मचारीलाई फिर्ता लगेको बताएको छ । अफगानी सेना र तालिबानीहरुबीच कान्दाहार प्रान्तमा केही दिनयता देखि तनाब बढेको छ ।

सो क्षेत्रमा तनाव बढ्न थालेपछि भारतले आफ्ना कर्मचारीलाई कान्दाहारमा रहेको नियोगबाट फिर्ता गरेको बताएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आइतबार यस विषयमा जानकारी दिएका छन् ।

अफगानिस्तानको दक्षिणी कान्दाहार शहरमा तालिबानी लडाकूले कब्जा गर्न थालेको भन्ने समाचार अएपछि भारतले सो शहरमा रहेको आफ्नो नियोगबाट आफ्ना कर्मचारीहरुलाई बाहिर निकालेको जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भारतले अस्थायी रुपमा यो काम गरेको जानकारी आइतबार दिएका हुन् । भारतले आफ्नो कर्मचारीलाई शनिबार नै सो शहरबाट फिर्ता गरेको थियो । प्रवक्ता अरिन्दम बागचीले सो स्थानमा रहेको भारतको कन्सुलेट कार्यालय भने बन्द नगरिएको बताए । प्रवक्ता बागचीले भने– ‘कान्दाहारमा रहेको भारतको कन्सुलेट जनरल कार्यालय बन्द भएको छैन । तत्कालको लागि कान्दाहार सहर नजिकै युद्ध भइरहेकोले भारतीयहरुको सुरक्षाका कारण उनीहरुलाई फिर्ता ल्याइएको हो ।

साथै प्रवक्ता बागचीले भारतीय अधिकारीहरुले अफगानिस्तानमा विकसित सुरक्षा चुनौतीलाई नजिकबाट नियालिरहेको पनि बताए। उनले पछिल्लो समयमा अफगानिस्तानमा विकसित भएको परिस्थिति र त्यहाँको सुरक्षा अवस्थाका बारेमा भारतले नियालेको बताए ।

 

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ६ : ३१ बजे

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरुमा नयाँ

पश्चिम एशिया तनाब : १ नेपालीको मृत्यु, २१ घाइते; ११ नेपाली पक्राउ

काठमाडौं । पश्चिम एसियामा जारी युद्धका कारण त्यहाँ रहेका नेपालीहरूमा

नेपाली क्लाइम्बिङ टोली चीन जाने

काठमाडौं । जापानमा हुने २०औँ एसियाली खेलकुदको छनोट प्रतियोगिता तथा

सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य

डोलप्रसाद अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा