१९ असार २०८३, शुक्रबार | July 3, 2026

फैसलाले स्वतन्त्र न्यापालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको छ : नेपाली कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसलालाई सहज रुपमा लिन आग्रह गरेकोछ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अदालतको फैसलालाई कसैको पनि हार जितको रुपमा नलिन अपील गरेका हुन् ।

सभापति देउवाले फैसलालाई कसैले पनि व्यक्तिगत जित हारको विषयका रुपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्ने बताएका छन् । देउवाले फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको जिकिर गर्दै स्वतन्त्र न्यापालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताएका छन् ।

देउवाले फैसलाले देश र जनतको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न सबैलाई अझ जिम्मेवार बनाएको उल्लेख गरेका छन् ।

देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि विभिन्न ढंगले आन्दोलनमा सरिक भएका राजनीतिक दल, नागरिक आन्दोलन, कानून व्यवसायी, विभिन्न संघसंस्थाहरु एवं संचार माध्यमलाई बधाई दिएका छन् ।

 

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ५ : ३० बजे

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुवात

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको सुशासन र

डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि पाँचवर्षीय रणनीतिक योजना बनाइने

बुटवल । नेपाल डेरी एसोसिएसनले डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि

बालेन्द्र सरकारमाथि एमालेको तिखो टिप्पणी : ‘१०० दिनमा सुशासन होइन, विवाद र असफलता’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बालेन्द्र शाह नेतृत्वको सरकारको

एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

जेनेभा । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले एल