१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

कोटेश्वरमा विपक्षी गठबन्धनको बैठक जारी



काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि पाँच दलीय गठबन्धनको बैठक सुरुभएको छ ।

कोटेश्वरस्थित वन पैदावार महासंघको कार्यालयमा गठबन्धनको बैठक सुरु भएको हो । बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा, एमालेका माधव नेपाल र राष्ट्रिय जनमोर्चाका नेताहरु सहभागी भएका छन् ।

कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, बालकृष्ण खाँड रहेका छन् । यसैगरी माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नाारयणकाजी श्रेष्ठ, वर्षमान पुन रहेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, महेन्द्र राय यादव सहभागी छन् भने एमाले नेपाल पक्षको तर्फबाट माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाको तर्फबाट उपाध्यक्ष दुर्गा पौडेल सहभागी रहेका छन् ।

सर्वोच्च अदालतको फैसलापछि अबको रणनीति कसरीअघि बढाउने भन्ने विषयमा गठबन्धनले छलफल गर्न लागेको हो । गठबन्धनका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा २८ घण्टाभित्र नियुक्त गर्न सर्वोच्च अदालतले राष्ट्रपतिका नाममा परमादेश जारी गरेपछि गठबन्धन उत्साहित भएको छ ।

बैठकमा एमाले नेता माधवकुमार नेपालको पनि सहभागिता भएपछि गठबन्धनका अन्य दलहरुले खुशी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ६ : २१ बजे

कोप-३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकताका साथ उठाउँछौँः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना

काठमाडौं गोर्खाजलाई आठ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

काठमाडौं । मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङप्रेरित

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीका साथै केन्द्रीय

सेयर बजारमा हरियाली, नेप्से र कारोबार दुवै बढ्यो

काठमाडौं । साताको चौथो कारोबार दिन बिहीबार शेयर बजारमा हरियाली

हुलाकी राजमार्गले धमाधम तान्दै निजी क्षेत्रको लगानी

नेपालगन्ज । बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको