३० असार २०८३, मंगलबार | July 14, 2026

एमाले नेता महेश बस्नेतको गम्भीर टिप्पणी – ‘अदालतलाई प्रभावित गरेर फैसला गराइयो’



काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले सर्वोच्च अदालतलाई घाँस खुवाएर फैसला गराएको गम्भीर आरोप लगाएका छन् ।

सर्वोच्चको फैसला विरुद्ध नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले सोमबार काठमाडौको माइतीघर मण्डलमा गरेको विरोध सभामा बोल्दै नेता बस्नेतले निरंकुशहरु, लोकतन्त्र विरोधी शक्तिहरु, अधिनायवादी शक्तिहरु अन्तराष्ट्रिय सेटिङमा सर्वोच्च अदालतलाई आज घाँस खुवाएर फैसला गराएको आरोप लगाएका हुन् ।

फैसलालाई लिएर नेता बस्नेतले अदालतको मानहानी नै हुने शैलीमा अशोभनीय टिप्पणी र भाषण गरेका छन् । बस्नेतले संबैधानिक इजलाश गठन हुने बेलादेखि नै आफुहरुलाई शंका लागेको भन्दै अदालतको फैसला प्रधानन्यायाधीशले गरेको नभई अधिवक्ताहरु रमण श्रेष्ठ र शम्भु थापाको भएको दाबी गरे ।

उनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि व्यक्तिगत टिप्पणी गर्दै राजनीतिको मैदानमा आउन चुनौति दिए । उनले न्यायलयभित्र बसेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कार्यपालिका, व्यवस्थापिका र अन्य संबैधानिक निकायको अधिकार उपयोग गर्न खोजेको आरोप लगाए । उनले भने, ‘म चोलेन्द्र समशेर लाई चुनौति दिन चाहन्छु । नेकपा एमालेमा आउनुहोस् तपाई एमालेको नेता बन्ने रहर छ भने । एमालेलाई हराउने रहर छ भने कांग्रेस प्रवेश गरेर आउनुहोस् । नयाँ दल गठन गरेर आउने कुरा त तपाईका बाउ बाजेले नसकेको कुरा तपाईले सक्नुहुन्न ।’

थप आक्रोशित हुँदै बस्नेतले भने, ‘चोलेन्द्र शमशेरजी, तपाईको थर राणा हो । तपाईमा देखिएको यो जहाँनिया शैली अब नेपाली जनताले प्रतिकार गर्छन् । अब तपाई फेरि अर्को चुनावी सरकार अबनाएर प्रधानमन्त्री बन्ने सपना देख्नुभएको छ भने तपाईको सपना नजन्मदै तुहिने छ ।’

नेकपा एमालेले व्हीप उंलघन गर्ने सांसदहरुलाई कारवाही गर्न पाउदैन भनी आदेश दिएर प्रधानन्यायाधीश जबराले न्यायलयलाई अर्को राजनीतिक संस्था बनाएको आरोप लगाए । उनले प्रधानन्यायाधीश आफु प्रधानमन्त्री बन्न्ने योजना साथ फैसला गरेको आरोप पनि आरोप लगाए ।

नेता बस्नेतले फैसलालाई कुनै हालतमा स्वीकार नगर्ने चेतावनी दिए । उनले भने, ‘तपाई अहिले देउवालाई प्रधानमन्त्री बनाउने ,विश्वासको मत नदिएर देउवालाई ढाल्ने अनि ६ महिना पछाडि नयाँ स्वरुप ग्रहण गरेर तपाई प्रधानमन्त्री बन्ने डिजाईनका साथ यो फैसला गर्न तपाई तयार हुनुभयो । हामी यो फैसलालाई कुनै मानेमा स्वीकार गर्दैनौ । अब मुलुक द्धन्द्धमा प्रवेश गरेको छ । सर्वौच्च अदालतको फैसलाले राजनीतिक मुद्दा समाधान गर्ने, राजनीतिक द्धन्द्धलाई समाधान गर्ने, राजनीतिक मुद्दा व्युँताउने र द्धन्द्ध जगाउने फैसला आम जनताले मान्नेवाला छैनन् ।’

फैसलाबाट असन्तुष्ट बनेका एमालेका युवाले प्रधान्यायाधीस चोलेन्द्र शमशेर राणाको पुत्ला समेत जलाएका छन् ।

 

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ६ : ४५ बजे

कांग्रेस प्रमुख सचेतक राईले प्रधानमन्त्री शाहलाई भने, ‘श्री ८ को सरकार’

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन्द्र

हङकङलाई १८१ रनले हराउँदै नेपाल समूह विजेता, यू-१९ महिला प्रिमियर कपको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । एसीसी यू-१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो

पाकिस्तानमा भारी वर्षाका कारण नौ जनाको मृत्यु, १४ घाइते

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा सोमबार

सिटबेल्ट नलाउने प्रधानमन्त्री र गृहमन्त्रीलाई कारबाही किन हुँदैन : शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

चालु आर्थिक वर्षको ११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१