२२ भदौ २०८३, सोमबार | September 8, 2026

पाँच दलिय गठबन्धनले बुटवलको ट्राफिक चौकमा गरे दिप प्रज्वलन



बुटवल । प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै बुटवलमा दीप प्रज्वलन गरिएको छ । पाँच दलिय गठबन्धनका कार्यकर्ताहरुले सर्वोच्चको आदेशले ओलीको निरङ्कुशतालाई परास्त गरेको भन्दै बुटवलमा दीप प्रज्वलन गरेका हुन् ।

बुटवलको ट्राफिक चोकमा जम्मा भएका नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले नेपाल पक्ष, जनता समाजवादी पाटी, राष्ट्रिय जनमोर्चा सहित पाँच दलिय गठबन्धनका कार्यकर्ताहरुले सर्वोच्चको फैसलालाई स्वागत गर्दै ओली युगको अन्त्य भएको घोषणा गरेका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुलप्रसाद केसी, नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभा सदस्य डिल्ली चौधरी, जसपा लुम्बिनी प्रदेश मुख्य सचिव यज्ञ पोखरेल लगायतले केपी ओलीको प्रतिगमनले सर्वोच्चबाट परास्त गरेको भन्दै अब केही हदसम्म संविधानको रक्षा भएको बताए । उनीहरुले पाँच वर्षसम्म गठबन्धन मिलेर जाने समेत घोषणा गरे । नेताहरुले प्रधानमन्त्री ओलीलाई अबिलम्ब कुर्ची खाली गर्न आग्रह गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १० : ०४ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार