१० चैत्र २०८२, मंगलबार | March 24, 2026

विपक्षी गठबन्धन बैठक : सहकार्यबाटै सरकार



काठमाडौं । पाँच राजनीतिक दल आबद्ध विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सहकार्यबाटै सरकार गठन गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्दै विपक्षी गठबन्धनले प्रधानमन्त्रीमा अघि सारेका देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न अन्तरिम आदेश दिएपछि सोमबार साँझ बसेको विपक्षी गठबन्धनको बैठकले देउवाको नेतृत्वमा सहकार्यबाटै सरकार गठन गर्ने निर्णय गरेको हो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विपक्षी दल आबद्ध गठबन्धनको बैठकले सर्वोच्चको फैसलालाई स्वागत गर्दै सबैसँगको सहकार्यबाट नै सरकार गठन गर्ने निर्णय गरेको जानकारी दिए । ‘बैठकले फैसलाको स्वागत गर्दै सबै दलसँगको सहकार्यबाट नै सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ, संविधान र लोकतन्त्रलाई सर्वोच्च अदालतले बचाएको छ, अब सबै मिलेर अघि बढ्नुपर्छ भन्ने निर्णय हो,’ कांग्रेस वरिष्ठ नेता पौडेलले राजधानीसँग भने ।

पौडेलले संविधान, लोकतन्त्र र परिवर्तनका पक्षमा उभिने सबैलाई बैठकले धन्यवाद दिएकोसमेत जानकारी दिए । आज सानो मन्त्रिपरिषद् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा आज मंगलबार सानो आकारको मन्त्रिपरिषद् बन्नेछ । विपक्षी गठबन्धनमा आबद्ध दलहरूबीच सोमबार साँझ कोटेश्वरमा भएको छलफलको सहमतिअनुसार आज सानो आकारको मन्त्रिपरिषद् बन्ने भएको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले पहिले सानो आकारको मन्त्रिपरिषद् बन्ने जानकारी दिए । ‘पहिले सानो आकारको मन्त्रिपरिषद् बन्छ, नेताहरू छलफलमा नै हुनुहुन्छ, मंगलबार बिहान फेरि बैठक बसेर मन्त्रिपरिषद्बारे टुंगो लगाउँछौं,’ नेता खाँणले भने ।

सर्वोच्च अदालतले दिएको साँझ ५ बजेको समयभित्र सपथ हुने विश्वास कांग्रेससहितका विपक्षी गठबन्धनको रहेको खाँणले बताए । ‘सर्वोच्चको फैसला र आदेशअनुसार नै शपथको कार्यक्रम आउला, ५ बजेभित्र शपथ गर्नू भन्ने सर्वोच्चको आदेश हो, राष्ट्रपति कार्यालयबाट सर्वोच्चको आदेशको पालना हुनेमा हामी ढुक्क छौं,’ नेता खाँणले शपथग्रहणबारेको जिज्ञासामा भने । आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ६ : ५२ बजे

आजको मौसम : कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी