१७ बैशाख २०८१, सोमबार | April 29, 2024

पेरिसडाँडामा माओवादी स्थायी कमिटीको मन्त्री छान्ने बैठक



काठमाडौं । सरकारमा सहभागी हुने मन्त्री छान्नका लागि नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको बैठकमा शेरबहादुर देउवाको नेतृत्वमा आज गठन हुने सानो आकारको मन्त्रिपरिषद्मा सहभागी हुने सदस्यको नाम निक्र्यौल गर्ने बताइएको छ ।

राष्ट्रपति कार्यालयले देउवालाई साँझ ५ बजे सपथ ग्रहण गराउने तयारी गरेको छ । देउवाले आफ्नै पार्टीका दुई जना र माओवादी केन्द्रबाट दुई जना समेटेर पहिलो चरणमा पाँच सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी गरेका छन् ।

माओवादी केन्द्रले आफ्नो तर्फबाट आज पठाउने दुई जना र मन्त्रिपरिषद्ले पूर्णता पाउने बेलामा प्राप्त गर्ने कुल मन्त्रीको संख्याका आधारमा पार्टीका नेताहरुमध्येबाट मन्त्री चयन गर्नेछ ।

स्थायी कमिटी बैठकले समानुपातिक समावेशी आधारमा मन्त्री छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने एक नेताले बताएका छन् ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ९ : १४ बजे

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले