१९ असार २०८३, शुक्रबार | July 3, 2026

पेरिसडाँडामा माओवादी स्थायी कमिटीको मन्त्री छान्ने बैठक



काठमाडौं । सरकारमा सहभागी हुने मन्त्री छान्नका लागि नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको बैठकमा शेरबहादुर देउवाको नेतृत्वमा आज गठन हुने सानो आकारको मन्त्रिपरिषद्मा सहभागी हुने सदस्यको नाम निक्र्यौल गर्ने बताइएको छ ।

राष्ट्रपति कार्यालयले देउवालाई साँझ ५ बजे सपथ ग्रहण गराउने तयारी गरेको छ । देउवाले आफ्नै पार्टीका दुई जना र माओवादी केन्द्रबाट दुई जना समेटेर पहिलो चरणमा पाँच सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी गरेका छन् ।

माओवादी केन्द्रले आफ्नो तर्फबाट आज पठाउने दुई जना र मन्त्रिपरिषद्ले पूर्णता पाउने बेलामा प्राप्त गर्ने कुल मन्त्रीको संख्याका आधारमा पार्टीका नेताहरुमध्येबाट मन्त्री चयन गर्नेछ ।

स्थायी कमिटी बैठकले समानुपातिक समावेशी आधारमा मन्त्री छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने एक नेताले बताएका छन् ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ९ : १४ बजे

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०

प्रमुख निर्वाचन आयुक्तमा सर्वोच्चका रजिष्ट्रार कार्की सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुवात

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको सुशासन र

डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि पाँचवर्षीय रणनीतिक योजना बनाइने

बुटवल । नेपाल डेरी एसोसिएसनले डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि