४ पुस २०८२, शुक्रबार | December 20, 2025

रोटरि रोट्याक्ट डाउनटाउनद्धारा राहत वितरण



बुटवल । सामाजिक कार्यहरुमा अग्रसर रोटरी क्लब अफ बुटवल डाउनटाउन र रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनद्धारा संयुक्त रुपमा राहत वितरण गरेको छ ।

रोटरी र रोट्याक्ट डाउनटाउनका सदस्यहरुले स्व इस्फुर्त रुपमा राहत कोष खडा गरि बिपन्न तथा दिनदुखीहरुलाई सहयोग गरेको रोटरी क्लबका अध्यक्ष तुलसि घिमिरेले बताउनुभयो ।

बुटवल उपमहानगरपालिका ४ का वडा अध्यक्ष टंक पराजुलिले महामारि रुपमा फैलिएको कोविड १९ रोगबाट बच्न सरकारले गरेको लकडाउन पछि दैनिक मजदुरी गर्ने परिवारलाई बढी समस्या र खाद्यान्नको अभावको बेला रोटरी र रोट्याक्ट डाउनटाउनले गरेको सहयोग अति महत्त्वपूर्ण रहेको बताउनुभयो ।

रोटरीका एजि राजेन्द्र ढकालले समाजलाइ आपत पर्दा रोटरी सदैब अग्रभागमा रहि समाज सेवा गर्दै आएको बताउनुभयो ।

रोट्याक्ट अफ बुटवल डाउनटाउनका अध्यक्ष मधु भट्टराईले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण लामो लकडाउन मा दैनिकी गरि खाने मजदुर देखि अन्य पिछडिएको बर्गमा औषधि र खाद्यान्नको ठुलो बिकराल समस्या परेको हुनाले अति आवश्यक करिब २०० घरधुरीलाई दैनिकी खाद्यान्न, चामल, दाल, साबुन, तेल, नुन सहयोग गरेको बताउनुभयो । आज बुटवल वडा न ४ मा ३० घरधुरीलाई खाद्यान्न वितरण गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ५ : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको