१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

महामारी परास्त गर्न सबैको सहयोग र योगदान आवश्यक : गृहमन्त्री खाँण



काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले सिंहदरबारस्थित गृहमन्त्रालयमा आज पदबहाली गरेका छन् ।

मन्त्री खाँडलाई मन्त्रालयमा गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारीलगायतले स्वागत अभिवादन गरेका थिए ।

पद बहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री खाँणले हामीले आफ्नो जीवनमा कोभिड–१९ को सबैभन्दा ठूलो महामारी सामाना गरिरहेकाले त्यसलाई परास्त गर्न सबैको सहयोग र योगदानको आवश्यकता रहेको बताए ।

उनले भने, “कोरोनाको महामारीबाट बच्नका लागि सबैले गम्भीरतापूवर्क आफ्नो दायित्व र भूमिका निर्वाह गर्न जरुरी छ । कोभिड–१९ को महामारीका क्रममा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सञ्चारकर्मी अग्रभागमा रहेर ठूलो भूमिका निर्वाह भइरहेको छ ।”

कोभिड–१९ प्रतिकार्यमा खटिने जुनसुकै नागरिककोे जीवनरक्षा गर्नु सरकारको दायित्व रहेको बताउँदै गृहमन्त्री खाँणले भने, “महामारीका लागि समन्वयका साथ समुचित व्यवस्थापन गर्नुपर्छ, आवश्यक ठाउँमा सरकारकाले बजेट व्यवस्थापन र खर्च तथा उपचार गर्न प्रतिबद्ध छ ।”

मन्त्री खाँडले संवैधानिक व्यवस्थाअनुरुप कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच समन्वय गरी बनेका कानूनहरुलाई कार्यान्वयन गर्ने भूमिकामा सम्बद्ध निकायले सक्रियताका साथ मिलेर अघि बढ्नुपर्छ भन्ने आफुहरुको चाहना रहेको बताए ।

नवनियुक्त गृहमन्त्री खाँणले पूर्वी नवलपरासी जिल्ला विपद् व्यवस्थापन कोषमा त्यहाँबाट माग गरिएको रकम पठाउने फाइल सदर गरेका थिए । मुलुकका ७७ जिल्लाका विपद् व्यवस्थापन कोषमा आवश्यकताअनुसार रकम रहने गर्छ । सरकारको केन्द्रीय विपद् व्यवस्थापन कोषमा हाल एक अर्ब पाँच करोड छ ।

जिल्ला विपद् व्यवस्थापन कोषबाट क्षतिको विवरण र मापदण्डअनुसार पीडितलाई रकम उपलब्ध गराइँदै आएको छ । विपद्मा परेका जनतालाई अप्ठेरो परेका बेला सरकार पीडितको साथमा छ र सहयोग गर्न तत्पर छ भन्ने सन्देश दिन तत्काल राहतस्वरुप यो कोषबाट सहयोग प्रदान गरिन्छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ४ : ०१ बजे

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी