४ पुस २०८२, शुक्रबार | December 19, 2025

सेनेटाईजर र माक्स निशुल्क बितरण



बुटवल । विश्वमा महामारीको रूपमा फैलिदै गएको कोरोना भाईरस रोकथाम गर्न सबै आम मानिसहरू लागी रहेका बेला रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ३ को उपकार टोलबिकास सस्थाले आफनो टोल भिन्र बसोवास गर्ने बासिन्दालाई निशुल्क माक्स र सेनेटाईजर बितरण गरेको छ ।

घरघरमा पुगेर माक्स र सेनेटाईजर बितरण गरेको टोल समितीका अध्यक्ष तेज बहादुर गुरूडले बताउनुभयो । हामीले टोल टोललाई सुरक्षित बनाउन र घरमा को कहा बस्छन भन्ने लगत निकाल्न घर घर पुगेर माक्स तथा सेनेटाईजर बितरण गरेको उहाले बताउनुभयो ।

कति घरमा माक्स तथा सेनेटाईजर बारे जानकारी नभएकाले यो अभियानले आम उपभोक्ता सचेत हुने अध्यक्ष गुरूडको भनाई छ । उहाले भन्नुभयो टोलमा गरीब असहाय रूको पहिचान गरेर छिटै निशुल्क खाद्यान्न समेत बितरण गर्नै योजना रहेको बताउनुभयो ।

देशै भरीका जनता कोरोनाका चपेटामा परेको भन्दै सबैमिलेर यसको रोकथाम गर्नु जरूरी रहेको उपकार टोल बिकास सस्थाकी सचिब देवा ढकालले बताउनुभयो । घरभिन्र सुरक्षित बस्न टोलबासीलाई आग्रह गरिएको उहाले बताउनुभयो ।

सस्थाले १ सय १३ घरलाई माक्स सेनेटाईज बितरण गरेको थियो ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहिबार  ६ : २६ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज