२२ बैशाख २०८१, शनिबार | May 4, 2024

स्नातक तहको परीक्षा साउनमा, परीक्षा केन्द्रमा व्यापक वृद्धि



काठमाडौं । विश्वविद्यालयले यस पटकको परीक्षा सञ्चालन गर्दा परीक्षा केन्द्रमा व्यापक वृद्धि गरेको छ ।

सबैजसो जिल्लामा परीक्षा केन्द्र राख्नुपर्ने र विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तनको अवसरसमेत दिइएका कारण यस पटक ३५० वटा परीक्षा केन्द्र बनाउनुपर्ने अवस्था रहेको जनाइएको छ । यसअघि स्नातक तहको परीक्षामा जम्मा २१० वटा मात्रै परीक्षा केन्द्र बनाइएको थियो । विद्यार्थीलाई सुविधा पुग्नुका साथै सुरक्षितसमेत हुने अनुमान गरी केन्द्रको सङ्ख्यामा वृद्धि गरिएको हो ।

यसका साथै सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको खोपमा विश्वविद्यालयका शिक्षक तथा कर्मचारी पनि समेटिएपछि परीक्षा सञ्चालनमा थप सहज हुने अपेक्षा गरिएको छ ।

मङ्गलबारदेखि खोप पाउने समूहमा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीलाई पनि समावेश गरिएको छ । विश्वविद्यालयले परीक्षा तथा विश्वविद्यालयका कक्षा सञ्चालनका लागि शिक्षक तथा कर्मचारीलाई खोपको प्राथमिकतामा राख्न सरकारसित लबिङ गर्दै आएको थियो ।

विश्वविद्यालयको परीक्षा सञ्चालनमा शिक्षक तथा कर्मचारीको प्रत्यक्ष सहभागिता रहने गरेको छ । शिक्षक, कर्मचारीले खोप पाएपछि अब सुरक्षित रूपमा परीक्षा सञ्चालन गर्न मनोबल उच्च हुने परीक्षा नियन्त्रक जोशीले बताउनुभयो । विश्वविद्यालयले साउन पहिलो सातादेखि स्नातक तहको परीक्षा सञ्चालन गर्दैछ ।

परीक्षा फाराम भर्नै समस्या

विश्वविद्यालयको वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीलाई अनलाइन माध्यमबाट परीक्षा फाराम भर्न समस्या परेको पाइएको छ । विद्यार्थीमा इन्टरनेटको सहज पहुँच नभएको, प्रयोगको ज्ञान नभएको र कतिपय विद्यार्थी आफू अध्ययन गर्ने क्याम्पसबाट धेरै टाढासमेत भएका कारण विद्यार्थीलाई परीक्षामा आबद्ध गराउन समस्या परेको जनाइएको छ ।

भौतिक रूपमा परीक्षा फाराम भर्न समस्या भएपछि त्रिविले स्नातक तहको प्रथम वर्षका विद्यार्थीलाई जेठ ९ गतेदेखि अनलाइनबाट परीक्षा भर्न आह्वान गरेको थियो । कतिपय विद्यार्थीले भौतिक रूपमा नै क्याम्पसमा पुगेर परीक्षा फाराम भर्ने र त्यसलाई क्याम्पसले परीक्षा नियन्त्रण कार्यालयमा पठाइदिने समेत गरेको थियो । आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ७ : ०९ बजे

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न

सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा

टी-२० विश्वकप खेल्ने नेपाली टिम आइतबार अमेरिका जाँदै

काठमाडौं । टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाइ

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार वैशाख २३