१६ बैशाख २०८१, आइतबार | April 28, 2024

संघीय संसद्को अधिवेशन साउन ३ गते बोलाउन मन्त्रिपरिषद्को सिफारिस



काठमाडौं । संघीय संसदको अधिवेशन साउन ३ गते बस्ने भएको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले साउन ३ गते अपरान्ह ४ बजे बस्ने गरी अधिवेशन आह्वन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

बैठकपछि सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिसको निर्णय भएको बताए ।

सर्वोच्च अदालतले यही असार २८ गते प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला गर्दै साउन ३ गतेभित्र अधिवेशन आह्वान गर्न आदेश जारी गरेको थियो ।

अदालतको आदेशअनुसार सरकारले अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको हो ।

यसअघि प्रतिनिधिसभाको चालु वर्षे अधिवेशनलाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ८ गते मध्यरातमा भंग गरी मध्यावधि चुनाव घोषणा गर्न सिफारिस गरेअुनसार राष्ट्रपतिले भंग गरेकी थिइन । सो कार्य असंवैधानिक भएको सर्वोच्चले ठहर गरेको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेकै दिन असार २८ गते हतारहतार निवर्तमान प्रधानमन्त्री ओलीले राष्ट्रियसभाको बैठक अन्त्य गरेका थिए ।

यस्तै मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग म्याद १ वर्ष थप गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ३ : ११ बजे

वेस्ट इन्डिज ए द्वारा नेपाललाई १६१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। वेस्ट इन्डिज एले नेपाललाई १६१ रनको लक्ष दिएको छ

नेपाललाई पाँचौं सफलता, सोमपालले लिए विकेट

काठमाडौं। वेस्ट इन्डिज ए विरुद्ध नेपालले पाँचौं सफलता हासिल गरेको

काठमाडौं महानगरका अस्पतालमा देशैभरका विपन्न र असहाय बिरामीले नि:शुल्क उपचार पाउने

नेपालगन्ज । काठमाडौं महानगरले देशैभरका अशक्त र गरिब बिरामीलाई नि:शुल्क

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, १६ वैशाख स् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको