५ असार २०८३, शुक्रबार | June 19, 2026

माछापुच्छ्रे बैंकले जारी गर्यो ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र



काठमाडौ । माछापुच्छ्रे बैंकले ऋणपत्र जारी गरेको छ । बैंकले असार ३१ गते बिहिबार देखि रु.१,००० अङ्कित दरले ३०,००,००० कित्ता ऋणपत्र जारी गरेको हो ।
वार्षिक ८.५० प्रतिशतको आकर्षक ब्याजदर सहित बैंकले ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी बैंकले जनाएको छ । नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड बिक्री प्रबन्धक रहेको माछापुच्छ्रे ऋणपत्र २०८७ को कुल निष्काशित ३० लाख इकाईमध्ये १२ लाख कित्ता अर्थात कुल रु. १ अर्व २० करोड ऋणपूजी रकम (५% अर्थात ६०,००० कित्ता सामुहिक लगानी कोषका लगानी कोषका लागि छुट्याईएको) सर्वसाधारणको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने छ भने बाँकी १८ लाख कित्ता अर्थात कुल रु. १ अर्ब ८० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिने छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता आवेदन गर्न सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन छिटोमा साउन ४ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा साउन १७ गतेसम्म बन्द हुनेछ ।

ऋणपत्रले ICRANP-IR @A२ रेटिङ्ग प्राप्त गरेको छ । ICRA Nepal िले प्रदान गर्ने उक्त रेटिङ्गले माछापुच्छ्रे बैंक लिमिटेड लगानीका लागि जोखिममुक्त बैंक रहेको जनाउदँछ । बैंकको ऋणपत्रमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको अलावा मेरो शेयर सफ्टवेयरबाट समेत आवेदन गर्न सकिन्छ ।

 

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ५ : ५८ बजे

देशका केही भू-भागमा वर्षा, तराईमा तातो हावा र अत्यधिक गर्मीको चेतावनी

काठमाडौं । देशका विभिन्न भूभागमा आज वर्षाको सम्भावना रहे पनि

मान्जाम्बी चम्किँदा स्विट्जरल्यान्डको शानदार जित, बोस्निया ४-१ ले पराजित

काठमाडौं । जोहान मान्जाम्बीको उत्कृष्ट प्रदर्शन र अन्तिम समयमा भएको

उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर

नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट प्रहरीले बिहीबार दुई चिकित्सकसहित

डेभिडको ह्याट्रिकमा क्यानडाले कतारलाई ६ गोलको वर्षा गर्‍यो

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा क्यानडाले