६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

एकतामा ओली ‘असहमत’, १० बुँदे सहमति धरापमा



काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेपाल समूहसँगको एकता अस्वीकार गरेका छन ।

दोस्रो तहका नेताले महिनौं लगाएर तयार पारेको १० बुँदे सहमति प्रतिकूल हुनेगरी शुक्रबार स्थायी कमिटी र संसदीय दलको बैठक राखेपछि ओलीले नेपाल समूहसँगको एकता अस्वीकार गरेको संकेत मिलेको छ ।

ओलीले विवाद निरूपण कार्यदलसमेत भंग गरेका छन । सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गर्नुअघि असार २७ गते कार्यदलले १० बुँदे सहमति गरेको थियो । सो सहमतिपत्रमा नेपाल पक्षका रघुजी पन्तबाहेक सबैले हस्ताक्षर गरेका छन । शुक्रबारको स्थायी कमिटी बैठकले त्यसलाई अनुमोदन गरे पनि बैठकमा नेपाल पक्षका नेता उपस्थित भएनन ।

बैठक सुरु भइसकेको अवस्थामा नेपाल पक्षका कार्यदल सदस्य भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र भीम आचार्य पुगेर बैठक स्थगित गर्न आग्रह गरेका थिए । उनीहरूले १० बुँदे सहमतिअनुसार ओली र नेपालबीच संवादबाट मात्रै बैठक राख्नुपर्ने बताएका थिए । ओलीले बैठक नरोकिने बताउँदै कार्यदलसमेत विघटन गरिदिए ।

‘दुवै पक्षका नेताहरूले कार्यदलमा स्थायी कमिटीका अरू सदस्य पनि थपेर शीर्ष नेतालाई एकताका लागि दबाब दिने योजना बनाइरहेका बेला ओलीले कार्यदल नै विघटन गरिदिए’, एक नेताले भने, ‘मिल्न दबाब आउने थाहा पाएरै होला कार्यदल विघटन गरेको ।’

ओली नेपालसँग कुराकानी गर्न चाहँदैनन । प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाले विस्थापन गरेपछि सरकारी निवास त्यागेर निजी निवास बालकोट पुगेलगत्तै ओलीले नेता नेपाललाई एमालेमा कुनै ठाउँ नभएको अभिव्यक्ति दिएका थिए । त्यसपछि ओलीबाट १० बुँदे सहमति कार्यान्वयन हुनेमा आशंका उत्पन्न भएको थियो । ‘उहाँले जुन अभिव्यक्ति दिनुभयो, त्यसबाट पनि समस्या उत्पन्न भइरहेको थियो । शुक्रबार बैठक स्थगित नगरेर थप समस्या आएको छ’, नेपाल पक्षका नेता रावलले भने । आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ७ : ३६ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया