१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

नगर प्रमुखकै घरमा कार्यालय सञ्चालन



महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिकामा नगर प्रमुखकै घरमा नगर कार्यपालिकाको कार्यालय सञ्चालन भएको छ ।

भङ्गाहा-५ सीतापुरमा नवनिर्मित आफ्नो निजी पक्की घर नगर प्रमुख सञ्जिवकुमार साहले कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराएका हुन् ।

नगर प्रमुख साहले नगरपालिकाको कार्यालय भवन नबनुञ्जेलसम्म घरभाडा नलिने गरी कार्यालय सञ्चालन गर्न नयाँ भवन उपलब्ध गराएका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले जानकारी दिए ।

‘नगर प्रमुख साहले लिखित सम्झौता गरेरै भवन उपलब्ध गराउनुभएपछि नयाँ आर्थिक वर्ष प्रारम्भसँगै कार्यालय सारिएको छ,’ जोशीले भने, ‘अब मासिक ६० हजार रुपैयाँ बचत हुने भयो ।’

नगरपालिकाको आफ्नै भवन नहुँदा यसअघि सीतापुरमै मासिक ६० हजार रुपैयाँ लाग्ने भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको थियो । नगर प्रमुख साहले आफू बसोबासका लागि अर्को घर रहेको हुँदा नवनिर्मित भवन कार्यालय सञ्चालनका लागि निःशुल्क उपलब्ध गराएको बताए ।

नयाँ आव २०७८/०७९ भित्र भवन निर्माण भइसक्ने साहको भनाइ छ । पक्की घरमा २० भन्दा बढी कोठा छन् । रासस

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ९ : २७ बजे

सुनको मूल्य ४ हजार ६ सयले घट्यो, चाँदीको मूल्यमा पनि सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

रास्वपाद्वारा १० मन्त्रीको टुंगो, गृहमन्त्री बन्नेभए सुदन गुरुङ

काठमाडौं । अन्ततः बालेन्द्र शाहको अडान र सुदन गुरुङको दबाबबाट

बालेन्द्र शाह ४३औँ प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं संसदीय

माइन, मिसाइल र लामो समुद्री तट : हर्मुज जलडमरूमा इरानको बलियो पकड

पश्चिम एशियाको हर्मुज जलडमरु लगभग चार हप्तादेखि प्रभावकारी रूपमा बन्द

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी । मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका