१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

राष्ट्रिय वाणिज्य बैंक र युएनडिपी नेपालबीच रकम भुक्तानी गर्ने सम्बन्धमा सम्झौता



काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम(युएनडिपी) नेपाल बीच प्रयास कार्यक्रम अन्तर्गत सिमान्तकृत घरधुरीहरुलाई रकम भुक्तानी गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र युएनडिपी नेपालका आवासीय प्रतिनिधि आइसानी मेडागंगोडा लावेले हस्ताक्षर गरेका छन् । सम्झौता पछि युनडिपीको प्रयास कार्यक्रम अन्तर्गत पहिचान भएका सिमान्तकृत घरधुरीहरुलाई युनडिपीले उपलब्ध गराउने रकम बैंकले बैंक खाता मार्फत भुक्तानी गर्ने छ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जनताको जीवनस्तरमा परिवर्तन आउने गरी गरिएको यस कार्यक्रमबाट सहयोग प्राप्त गर्ने घरधुरीहरु मध्ये उद्यमी गर्न चाहने विपन्न उद्यमीहरुलाई बैंकले सहूलियपूर्ण कर्जा लगानी गर्न सकिने बताए ।

युएनडिपी नेपालका आवसीय प्रतिनिधि आइसानी मेडागंगोडा लावेले पहिलोपटक बाजुरा, कैलाली, सिरहा, सप्तही, रौतहट र स्याङ्जा जिल्लाका २ हजार पाँच सय घरधुरीहरुलाई युएनडिपीको प्रयास कार्यक्रम अन्तर्गत गर्न लागिएको आर्थिक सहयोगले उनिहरुको जिविकोपार्जनमा सहयोग पुग्ने बताए ।
उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब उपकार्यकरी अधिकृत देवेश प्रसाद लोहनी, विभागीय प्रमुखहरु, कम्पनी सचिव, युएनडिपी नेपालका सहायक आवसीय प्रतिनिधि बलराम पौडेल, सल्लाहकार विन्दा मगर, लगायतको उपस्थिति रहेको थियो । ब्रान्च अपरेशन विभागका प्रमुख सरोज बस्नेतले कार्यक्रम संचालन गरेका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १२ : १६ बजे

अध्यादेशबारे राय लिन राष्ट्रपतिले वरिष्ठ संविधानविद्हरूसँग छलफल गर्दै

काठमाडौं। रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे गम्भीर परामर्श गर्न

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

महोत्तरी । मधेस क्षेत्रमा दिनप्रतिदिन बढ्दो गर्मीसँगै उखुको जुस ९रस०

अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक आज बस्दैं

काठमाडौं । सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलहरूको बैठक

अध्यादेशमार्फत प्रशासनिक जटिलता हटाउने सरकारको प्रयास : असिम शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले सरकारले

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७० औँ