२० श्रावण २०८३, बुधबार | August 5, 2026

बुटवलका बिभिन्न वडाहरुमा राहत बितरण सुरु



बुटवल । बुटवल उपमहानगरपालिकाले ज्यालादारी मजदुरी गर्ने अति विपन्न तथा अशक्त वर्गलाई राहत वितरण गरेको छ ।

नगरमा रहेका दाताहरुबाट सहयोग जुटाएर वडाका विभिन्न टोल विकास संस्थामार्फत प्रत्येक घरधुरीलाई १५ किलो चामल, २ किलो दाल, १ लिटर तेल र एक पोका नुन विवरण गरिएको हो । शुक्रबार वडा नं ७ का स्थानिय समाजसेवी बालकृष्ण तिवारी र डोमकला तिवारीले छोराको नाममा स्थापना गरेको स्व दिलिप तिवारी अक्षयकोषमार्फत ४० हजार रुपैया बराबरको राहत सामग्री स्थानिय वडा मार्फत नगर प्रमुख शिवराज सुवेदीले सहयोग वितरण गर्नुभएको छ ।

अक्षयकोषमा रहेको १ लाख ५० हजार रुपैयाको ब्याज रकमबाट प्रत्येक वर्ष सामाजिक कार्यमा लगाउदै आएको नारायण तिवारीले बताउनुभयो । वडा नं ७ र वडा नं ८ का एक सय धरधुरी परिवारलाई रोटरी क्लब अफ बुटवलले स्थानिय टोल समिति मार्फत राहत वितरण गरेको छ ।

वडा न ७ मा ८० परिवार तथा वडा नं ८ मा २० परिवारलाई १५ केजी चामल, २ किलो दाल १ लिटर तेलका दरले राहत सामग्री बितरण गरिएको रोटरी क्लब अफ बुटवलका अध्यक्ष दिल्ली कुमार श्रेष्ठले बताउनुभयो । क्लबबाट १ लाख २५ हजार बराबर सामग्री सहयोग गरिएको क्लबका पुर्व सचिव कृष्ण पराजुलीले बताउनुभयो ।

यसैगरि वडा नं ५ मा रहेका ज्यालादारी मजदुरी गर्ने अतिविपन्न तथा अशक्त ३ सय घरधुरीलाई राहत सामग्री वितरण गरिएको छ । टोलका सहयोगदाताबाट प्राप्त राहत सामग्री वितरण गरिएको हो ।

वडा नं ५ का वडाअध्यक्ष तेजप्रसाद सुनारले बिभिन्न टोल समितिका अध्यक्षहरुलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको थियो । टोल समितिका अध्यक्षहरुले वडामा रहेका ज्यालादारी मजदुरी गर्ने अतिविपन्न ३ सय परिवारलाइ राहत सामग्री वितरण गरेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ३ : १४ बजे

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो

चितवन । नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती

इँटाभट्टाको पर्खाल भत्किँदा बाँकेमा दुई मजदुरको मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यु किसान इँटाभट्टामा पर्खाल