२१ मंसिर २०८२, आइतबार | December 7, 2025

भारतमा कोरोना महामारीको तेस्रो लहरको खतरा, ‘आउँदो १०० दिनमा बढी जोखिम’



नयाँ दिल्ली । भारत सरकारले कोभिड-१९ महामारीको तेस्रो लहरको खतरा रहेको जनाएको छ ।

सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउन सक्ने जनाएको हो । सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो ।

भारत सरकारको स्वास्थ्यसम्बन्धी अनुसन्धान गर्ने निकाय नेसनल इन्स्टिच्युट फर ट्रान्सफरमिङ इन्डियाका सदस्य भीके पाउलले सो चेतावानी दिएका हुन् । उनले अहिलेको अवस्थामा थप सतर्कता अपनाउने र आवश्यक तयारी नगर्ने हो भने भारतमा तेस्रो वेभको खतरा रहेको र त्यो वेभ आगामी १०० देखि करिब १२५ दिनमा आउन सक्ने बताएका छन् ।

उनले भनेका छन्, “हाम्रो जनसंख्या धेरै छ र यसका कारण यहाँको अवस्था निकै खतरा पनि हुनसक्छ र हामीले यस विषयमा आवश्यक सतर्कता अपनाउन सकेर्नौँ भने यसले हामीलाई ठूलो क्षति दिन सक्नेछ ।” हालै विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को विश्वको अवस्थाको मूल्यांकन गर्दै आगामी दिनमा पनि यो चुनौती रहेको जनाएको थियो ।

विश्व स्वास्थ्य संगठनले पनि अहिले विश्वका कतिपय देशमा देखिएको यो महामारीविरुद्धको सतर्कताको अवस्था हेर्दा त्यो पर्याप्त नभएको र आवश्यक मात्रामा आगामी दिनमा थप सतर्कता अपनाउनुपर्ने जनाएको थियो ।

यसअघि पनि भारतका अधिकारीहरुले आगामी अगष्ट महिनाको अन्त्यतिरबाट भारतमा कोभिड-१९ को तेस्रो वेभ आउन सक्ने खतरा रहेको बताउँदै आएका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ६ : ४६ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न