१ पुस २०८२, मंगलबार | December 16, 2025

आज काँग्रेस र माओवादी केन्द्रले बाेलाए छुट्टाछुट्टै संसदीय दलको बैठक



काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रले आज बिहानै छुट्टाछुट्टै संसदीय दलको बैठक डाकेका छन् । सर्वोचच अदालतको आलदेशमा पुनर्स्थापना भएपछि आजबाट शुरु हुन गईरहेको प्रतिनिधिसभा बैठक बस्नुअघि काँग्रेस र माओवादी केन्द्रले संसदीय दलको बैठक डाकेका हुन् ।

आइतबार बिहान ११ बजेका लागि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा माओवादी केन्द्रको संसदीयदलको बैठक बस्दै छ भने दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा काँग्रेस संसदीय दलको बैठक बस्दैछ ।

माओवादी केन्द्रले बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सबै सांसदहरुलाई बोलाएको छ । परिवर्तित परिस्थितीमा संसदमा पार्टीले खेल्ने भुमिकाका बिषयमा छलपल गर्न बैठक बोलाईएको माओवादी केन्द्रका एक नेताले बताए ।

उता काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पकट काँग्रेसको संसदीय दलको बैठक बस्दैछ । बैठकमा अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा काँग्रेसको रणनीतिका सन्दर्भमा बैठक बस्न लागेको काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले बताईन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १० : ०२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज