६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

नेपाल पक्षको मत बिना देउवाले विश्वासको मत प्राप्त गर्ने सम्भावना बढ्यो, जसपा महन्थ पक्ष पनि देउवालाई मत दिँदै



काठमाडौं । देउवा सरकारलाई विश्वासको मत लिने पर्याप्त समय रहेपनि प्रधानमन्त्री शेरबहादुर देउवाले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिएर प्रतिनिधिसभाको पुरा आयु प्रधानमन्त्री बन्ने मार्ग सहज बनाउने प्रयास थालेका छन् ।

प्रतिनिधिसभाको हाल रहेको २७१ संख्या अनुसार विश्वासको मत प्राप्त गर्न १३६ सांसदको आवश्यकता छ । प्रतिनिधिसभाको पछिल्लो अँकगणित अनुसार जनता समाजवादी पार्टीले पनि देउवालाई विश्वासको मत दिने निर्णय सार्वजानिक भएसँगै एमाले नेपाल पक्षको मत बिना देउवाको मत पुग्ने अवस्था देखिएको छ । यद्देपी प्रधानमन्त्री देउवालाई विश्वासतको मत दिने विषयमा नेपाल पक्षले निर्णय गरिसकेको बताईएको छ । नेपाल पक्षको कम्तीमा २० मत देउवाको पक्षमा पर्ने अनुमान गरिएको छ । वरिष्ठ नेता झलनाथ खनाल मुलुक बाहिर रहेको, उपाध्यक्ष भिम रावलले राजीनामा दिएको र कार्यदलका थप १ जनाले मतदानमा भाग नलिएपनि २० जनाको मत देउवाको पक्षमा आउनेमा काँग्रेस ढुक्क देखिएको छ ।

कांग्रेस र माओवादीसँग १ सय १० सांसद छन् । जसपाको ३२ जनाले देउवाको पक्षमा मतदान गर्दा सहजै देउवाले विश्वासको मत पाउने अवस्था देखिएको छ । जनमोर्चाको एक मत पनि देउवाको पक्षमा पर्ने निश्चित छ ।

कार्यब्यवस्था समितिबाट पारित भएर प्रतिनिधिसभाको आजै दुईवटा बैठक बोलाएर विश्वासको मतको छिनोपानो गर्ने तयारी शुरु भईसकेको छ । दुईपटक संसद विघटन गरेका एमाले अध्यक्ष केपी ओली संसदको पहिलो बैठकमा नपुगेपनि दोस्रो बैठकमा भने उपस्थित भएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ६ : ०७ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र