२० मंसिर २०८२, शनिबार | December 6, 2025

चोरी भएको ४ मोटरसाईकल सहित चोरी गर्ने ३ जना पक्राउ



बुटवल । रुपन्देही प्रहरीले मोटरसाईकल चोरी गर्ने गिरोहका ३ जनालाई पक्राउ गरेको छ । रुपन्देही ओमसतिया गाउँपालिका ४ बालापुरका प्रदिप गुप्ताले आफ्नो लु ६३ प ४२२० नम्बरको मोटरसाईकल चोरी भएको उजुरी दिएकोमा मोटरसाईकलको खोजतलास गर्दै जाने क्रममा थप ३ वटा मोटरसाईकल सहित चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले नवलपरासी प्रतापुर गाउँपालिका १ जमुनिया बस्ने दिपक थारुको घरमा उजुरीमा उल्लेख भएमो मोटरसाईल सहित लु ४४ प ८१९५, लु ४२ प ४६ र लु ४२ प ५६०७ नम्बरको मोटरसाईकलहरु फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले दिपक थारु सहित खिरि नारायण थारु र खेम नारायण थारुलाई पक्राउ गरेको रुपन्देही प्रहरीका प्रवक्ता प्रहरी नायव प्रहरी उपरिक्षक सत्यनारायण थापाले बताए ।

पक्राउपरेकाहरुलाई रुपन्देही जिल्ला अदालतबाट चोरी मुद्धामा दिन ५ को म्यादथप अनुमती लिई थप अनुसन्धान कार्य भैरहेको डीएसपी थापाले बताए ।

 

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ७ : ०९ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय