१९ असार २०८३, शुक्रबार | July 3, 2026

निवर्तमान प्रधानमन्त्रीमा लोकतान्त्रिक संस्कार र नैतिकता देखिएन : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाई बहुमतको प्रधानमन्त्रीले पटकपटक संसद विघटन गर्दै देशलाई दुर्घटनामा पार्ने काम गरिएको बताएका छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले मागेको विश्वासको मतमाथि छलफलमा भाग लिँदै प्रचण्डले यस्तो यस्तो दुदर्शा यति छिटो देख्नुपर्ने थाहा भएकोभए आफुले गठबन्धन र पार्टी एकताको समेत प्रस्ताव नलग्ने बताए ।

प्रचण्डले प्रधानमन्त्री देउवाको सपथग्रहणमा अस्वभाविक घटना भएको बताए । उनले नियुक्तिको सन्दर्भमा प्रयोग भएको भाषा संविधान विपरित रहेको जनाए ।

प्रचण्डले निवर्तमान प्रधानमन्त्री ओलीसँग लोकतान्त्रिक संस्कार नभएको दाबी गरे । भिन्न मतलाई सम्मान गर्ने संस्कार उनीसँग नभएको भन्दै नैतिकता समेत नभएको जनाए । नयाँ प्रधानमन्त्रीको सपथग्रहण समारोहमा नयाँ प्रधानमन्त्री र निवर्तमान प्रधानमन्त्री साइडमा बस्ने र सपथपछि कुर्ची साट्नुपर्ने संस्कार निवर्तमान प्रधानमन्त्रीले ओलीले देखाउन नसकेको उनले बताए । उनले भने, ‘हरेक पटक आउने प्रधानमन्त्री र जाने प्रधानमन्त्री साइडबाइ साइट कुर्चीमा बस्ने हुन्थ्यो । सपथग्रहणपछि कुर्ची साटिन्थ्यो । अहिले देउवाका सन्दर्भमा त्यो दृश्य देखिएन । निवर्तमान प्रधानमन्त्री त्यहाँ उपस्थित हुन चाहनुभएन ।’

प्रचण्डले प्रतिनिधिसभाको बैठकमा ओलीले सम्बोधन नगरेर अर्को अलोकतान्त्रिक संस्कार देखाउन खोजेको बताए । उनले भने, ‘मलाई लागेको थियो पूर्वप्रधानमन्त्रीको हैसियतले आफुलाई लागेको कुरा बोल्नुहुनेछ । देशले निवर्तमान प्रधानमन्त्रीले के भन्नुहुन्छ भन्नेकुरा खोजेको छ । तर, आज पनि अस्वभाविक दृश्य देखियो । के यही हो लोकतान्त्रिक संस्कार ?’

‘प्रचण्ड’ ले गोहीको आँशु नचुहाउन एमालेका नेताहरुलाई आग्रह गरे ।

प्रचण्डले माओवादी केन्द्रको तर्फबाट प्रधामन्त्री शेरबहादुर देउवालाई समर्थन रहेको जनाए ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ७ : ३१ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०