८ चैत्र २०८२, आइतबार | March 22, 2026

बुटवल ब्याडमिन्टन क्लबका खेलाडीद्धारा २ लाख बढी सहयोग



बुटवल । खेलकुदसगै सामाजिक काममा पनि अग्रसरता जनाइरहेको बुटवल ब्याडमिन्टन क्लबका केहि खेलाडी तथा पदाधिकारीहरुले प्रकोप ब्यबस्थापन कोष बुटवल उपमहानगरपालिकालाइ दुइ लाख १७ हजार ८ सय एकहत्तर रुपैया हस्तान्तरण गरेको छ ।

बुटवल ब्याडमिन्टन कर्बडहल माझगाउमा शुक्रबार सम्पन्न एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिबराज सुवेदी, वडा नम्बर ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीलाइ हस्तान्तरण गरिएको क्लबका सचिब शम्भु भटराइले जानकारी दिनुभयो ।

क्लबमा आबद्ध भएका एकसय खेलाडीमध्ये ६० जनाले सयुक्त रुपमा रकम उठाएर प्रकोप ब्यबस्थापन कोष बुटवललाइ हस्तान्तरण गरेको हो । क्लबका सदस्यहरुले कोभिड १९ फाउन्ड बनाएर रकम संकलन गरेका थिए ।

अहिले नेपालमा कोरोनाको सम्भाबित जोखिमबाट बच्न भन्दै सरकारले गरेको लकडाउनका कारण बिभिन्न स्थानीय तहहरुले बिपन्न बर्गहरुलाइ राहत बितरण गर्न भन्दै प्रकोप ब्यबस्थापन कोष खडा गरेको छ । कार्यक्रममा नगरप्रमुख शिबराज सुवेदीले खेलकुदको बिकाससगै सामाजिक काममा पनि मन खुलाएर अग्रसरता जनाएकोमा क्लबका खेलाडीहरुलाइ खुलेर प्रशसा गर्नुभयो ।

यस्तो बिषम परिस्थितिमा पनि युवाहरु एकजुट भएर लाखौ रुपैया संकलन गरी सामाजिक उत्तरदायित्व बोध गरेको भन्दै सबैले आ आफ्नो क्षेत्रबाट सकारात्मक भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले संस्थागत रुपमा वडामा ठुलो सहयोग आएको बताउनुभयो ।

बुटवल ब्याडमिन्टन क्लबका अध्यक्ष रमेश बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा, सचिब शभ्भु भटराइ, दितिय उपाध्यक्ष पंकज ज्ञवाली, कोषाध्यक्ष दलबहादुर खत्री, राजेन्द्र ढकाल, सुरज खत्रि, भानु खत्रि, नारायण प्रसाद घिमिरे, अर्जुन कार्की, शेरबहादुर भण्डारी, आयुषजग कार्की, पत्रकार दिपक न्यौपाने लगायतको उपस्थिती रहको थियो ।

बिस २०६० सालबाट शुरु भएको ब्याडमिन्टन क्लबमा रहेका खेलाडीहरुले यसअघि पनि बिभिन्न सामाजिक काममा सहयोेगको क्रमलाइ निरन्तरता दिइरहेका छन । रुपन्देहीमा सन्चालनमा आएका बिभिन्न ब्याडमिन्टन क्लबहरुमध्ये बुटवल ब्याडमिन्टन क्लब उत्कृष्ट क्लबका रुपमा समेत चिनिदै आएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ८ : १३ बजे

कांग्रेसको देउवा समूहले बोलायो १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति बैठक

काठमाडौं । १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको समूहले

परम्परागत ज्ञान र आधनिक विज्ञानमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण : अख्तियारद्वारा पुनः २१ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded