२१ चैत्र २०८२, शनिबार | April 4, 2026

आजबाट जोनसन एण्ड जोनसनको खोप लगाउन सुरु, प्रधानमन्त्री देउवाले जोरपाटीमा गरे अनुगमन



काठमाडौं । आजबाट कोरोना भाइरस विरुद्धको अमेरिकी खोप लगाउन सुरुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोनसन एण्ड जोनसन कम्पनीको जानसेन खोप लगाउने कामको सुरुवात गरेका छन् ।

जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताल पुगेर प्रधानमन्त्री देउवाले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गरेका छन् । त्यसअवसरमा अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि सहभागी थिए ।

प्रधानमन्त्री देउवाले आफ्नो सरकारको प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप भएको बताएका छन् । देउवाले खोप सहज रुपमा लगाउने प्रवन्ध गर्न निर्देशन पनि गरेका छन् ।

एक डोज मात्र लगाए पुग्ने यो खोप आजबाट ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई लगाउन सुरु गरिएको हो । यस्तै, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मीलाई पनि यो खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा रहेका ४४ वटा खोप केन्द्रबाट आज भोलि र पर्सि यो खोप लगाउने कार्यक्रम रहेको छ ।

अमेरिकाले नेपाललाई उपहारस्वरुप १५ लाख ३४ हजार ८५० डोज खोप अनुदान दिएको थियो ।

 

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ११ : १० बजे

बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ । व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा

आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन हुँदै

काठमाडौं । भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले व्यवसायी शंकर अग्रवाल

आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने