२३ बैशाख २०८१, आइतबार | May 6, 2024

महिला राष्ट्रिय फुटबलका लागि प्रशिक्षक नियुक्त



काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई प्रशिक्षण दिन तीन सहायक प्रशिक्षक नियुक्त गरिएको छ ।

एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई प्रशिक्षण दिन अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले भगवती राना मगर, अरुणा गुरुङ र चेतन घिमिरेलाई नियुक्त गरेको हो ।

उहाँहरुलाई एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारी सम्मको लागि नियुक्त गरिएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।

गोलकिपर प्रक्षिकको जिम्मेवारी भने प्रकाश वैद्यलाई दिइएको छ । बन्द प्रक्षिणका लागि ४५ खेलाडीलाई बोलाइएको छ । उनीहरुले सोमबारदेखि अभ्यास शुरु गरेका छन् । बन्द प्रशिक्षणमा अञ्जना राना मगर, एन्जिला सुब्बा, उषानाथ, सावित्री किशन, सपना राई, रेनुका नगरकोटी, सरु लिम्बू, अनिता बस्नेत र अनिता केसी सहभागी छन् ।

यस्तै गीता राना, अञ्जली योञ्जन, प्रिती राई, निशा थोकर, सिर्जना चेमजोङ, हीरा भुजेल, रविना गोले, सुष्मा तामाङ, पुनम जर्गा मगर, कविता धिमाल, सुनिता चौधरी, विमला विक, दिपा राई, सपना लामा, रश्मी घिसिङ, शर्मिला थापा र इन्द्रा राई पनि बन्द प्रशिक्षणमा रहनुभएको छ ।

यसैगरी अभ्यासमा सहभागी अन्य खेलाडीमा विमला चौधरी, अमृता जैशी, घिमकुमारी गुरुङ, सिर्जना खड्का, निर्मला विक, मनिषा राउत, पूजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दिपा न्यौपाने, सिवानी कुश्वर, सरस्वती हमाल, अमिशा कार्की, कुशुम खतिवडा, सिर्जना सिंह, सविता राणा, रजनी थोकर, सलोनी राना मगर र चुम्लुङमा राईलाई रहेका छन् ।

छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । उक्त समूहको छनोट खेल नेपालमा हुने एन्फाले जनाएको छ । एएफसीले छनोटका लागि भदौ २८ देखि असोज ९ गतेको समय तय गरेको छ । समूहको शीर्ष टोलीले अगामी वर्ष भारतमा हुने एशियन कपमा प्रतिस्पर्धा गर्ने छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ११ : २८ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa