२९ चैत्र २०८२, आइतबार | April 12, 2026

जनताको तागतका अगाडि प्रतिगामी तत्वहरु परास्त भए : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको ताकतको अगाडि प्रतिगामी तत्वहरु परास्त भएको दाबी गरेका छन् ।

मुस्लिम धर्मावलम्बीको ठूलो चाड बकर इद (इदुल जोहा) को अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष प्रचण्डले जनताले बलिदानीपूर्ण संघर्षबाट प्राप्त गरेका उपलब्धीहरुमाथि देशी विदेशी प्रतिक्रियावादीहरुबाट हमला भएपनि जनताको तागतले परास्त भएको बताएका हुन् । प्रचण्डले भनेका छन्, ‘समुदायले हासिल गरेका हक अधिकारहरुको कटौती हुन थाल्यो । तर, त्यस्ता प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त भए ।’

प्रचण्डले आजको दिनलाई समुदायको कटौति भएको अधिकारको पुनर्बहालीको अवसरका रुपमा मनाउन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘जनताले गरेको विकास र समृद्धिको आकांक्षा अनुरुप समाजवादी लक्ष्य हासिल गर्न सबै नेपाली जनसमुदायमा एकतावद्ध पहलकदमीका लागि आव्हान पनि गर्दछु ।’

अध्यक्ष प्रचण्डले नेपाली समाजले आफ्नो छुट्टै पहिचानका रुपमा अभ्यास गर्दै आएको सामाजिक व्यवस्था बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक भएको बताएका छन् । उनले नेपालीहरुको यही विशेषताका कारण नेपाल एक अविभाज्य र सार्वभौम राष्ट्र बन्न सफल भएको जिकिर गरेका छन् ।

प्रचण्डले स्वदेश तथा विदेशमा रहेकाभएका मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रता जगाई राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास लिएका छन् । उनले महामारीको अवस्थामा स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरुको पालना गर्दै सुरक्षित रही बकर इद मनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ८ : ५० बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्