२९ चैत्र २०८२, आइतबार | April 12, 2026

पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकार संचालन र पार्टीको संगठनात्मक विषयमा छलफल भैरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार र सरकार संचालनबारे छलफल गरेका थिए । अन्य विषयमा ठूलो अप्ठेरो नभएपनि माओवादीलाई मन्त्री छान्न भने सकस पर्ने देखिएको छ ।

मन्त्रीका आकांक्षीहरु धेरै तर पार्टीको भागमा पर्ने मन्त्रालय ६ देखि ८ वटासम्म मात्र भएका कारण कसलाई सरकारमा पठाउने विषय पेचिलो बनेको छ । आजको बैठकले यसबारे निक्र्यौल गर्नेछ । यसअघि बसेको बैठकले सबै क्षेत्रलाई समेटेर सरकारमा मन्त्रीहरु पठाउने सैद्धान्तिक सहमति भएको थियो ।

प्रधानमन्त्री शेरबहादुरले विश्वासको मत पाएपछि सरकार विस्तारको तयारी थालेका छन् । यद्यपी, उनकै पार्टीमा पनि गुट अनुसारका आकांक्षी भएपछि देउवालाई दबाब छ भने जसपाले समेत आफुलाई पर्याप्त मन्त्री दिनुपर्ने माग गरिरहेको छ ।

यस्तै माओावादी बैठकमा सरकार संचालनका लागि गठबन्धन दलहरुबीच समझदारी कायम गर्न संयन्त्र बनाउनुपर्ने विषयमा छलफल हुनेछ । अध्यक्ष प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  २ : ४८ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्